२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

५ वटा क्रसर उद्योगमा तालाबन्दी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९


ABC-SANCHAR
काठमाडौं । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ ।

लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ ।

सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।

ती उद्योगले गाउँपालिकालाई रु एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले रु २८ लाख, आधुनिक क्रसर उद्योगले रु २३ र आमभञ्ज्याङ एग्रिगेरले रु २८ लाख तिर्न बाँकी छ ।

त्यस्तै मकवानपुरगढी–२ स्थित नमुना बालुवा उद्योगले रु ३० लाख तथा मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले रु ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका सो गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईँले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

error: Content is protected !!