२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नेपाल प्रहरीको आइजिपी बढुवा विरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारियो

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ ।

हिजो (आइतबार) सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानुन व्यवसायी र प्रत्याशी हाजिर नभएपछि पेसी सारिएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

error: Content is protected !!