२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके, पर्सा, कञ्चनपुर, झापा र संखुवासभाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती किशोरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय जीबन लामिछानेलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ ग्राम ९५० मिलिग्राम उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१५ बस्ने ३७ वर्षीय गौरी शंकर सिंहलगायत छन्। उनीहरुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट ५ ग्राम ६२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय अनुप प्रधान रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अनुपको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–३ माल्टा खोला नजिक सडकबाट ४ किलो ४२० ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने ३० वर्षीय बबी गुरूङ लगायत छन् ।
बा.६९ प १८९८ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट सुमन चोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!