२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सिडिओहरुको सरुवा

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।

गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ ।

गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ।

कञ्चनपुरका रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।

गृह मन्त्रालयले गत शुक्रबार सिडिओ सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले आइतबार निर्णय कार्यान्वयन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

error: Content is protected !!