२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

ईलाका प्रहरी कार्यालय भालुवाङमा विभिन्न शिर्षकका ६४ मुद्दा दर्ता प्रहरी निरीक्षक : शाह

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङमा आर्थिक वर्ष २०७८/०७९ को असार ७ गते सम्म विभिन्न शिर्षकका ६४ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिएका छन् ।

यहीँ असार ७ गते कार्यालयमा दर्ता भएका मुद्दाहरु सवारी ज्यान-८,सा.शा.बि.कसुर-१,जबर्जस्ती करणी उद्योग-२,झुण्डीइ आत्मा हत्या-१२,बिष शेवन-५, भवितव्य ज्यान-१२,लागू औषध ब्राउन सुगर र गाँजा गरि-५,जबर्जस्ती करणी-३,फुटकर ज्यान-५, झुठ्ठा विवरण पेस गरि नागरिकता बनाएको-१ वटा मुद्दा दर्ता भएको जनाएको छ।

त्यसैगरि नकवजनी चोरी-३,सवारी आवागमनमा बाधा अवरोध-१,ठगी-१,ज्यान सम्बन्धि कसुर-१, कर्तव्य ज्यान-२,वालयौन दुरुपयोग-१, मोटरसाइकल चोरी-२ गरि जम्मा-६४ मुद्दा दर्ता भएकाहुन। जस मध्य फर्च्छौट संख्या २३ रहेकोछ भने बाँकी संख्या फर्च्छयौट हुन रहेको बताइएकोछ।

प्रहरी निरीक्षक शाहले आफू कार्यालय प्रमुखको हैसियतमा यो कार्यालयमा आइ सकेपछि विभिन्न शिर्षकका-२० वटा मुद्दा दर्ता गरिएको र २४ जना पक्राउ गर्न सफल भएकोमा ३ जना फरार रहेकोले खोजी कार्य जारी राखेको बताएका छन् । आफुले २० वर्षसम्म फरार रहेको अभियुक्त पनि पक्राउ गरि अदालतमा पेश गरेको शाहले भनेका छन् ।

यस्तै आफू कार्यालयमा आएको छोटो समयमै ४ किलो ५ सय ४९ ग्राम गाँजा र ७ सय ८० मिलि ग्राम ब्राउन सुगर समेत पक्राउ गरिएको उनले बताएका छन् । कार्य कक्षमा भएको भेटमा निरीक्षक शाहले शान्ति सुरक्षा अमन चयन कायम राख्ने आफ्नो मूल कर्तव्य र दायित्व भएकोले सोही अनुसार आफू कटिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

error: Content is protected !!