२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ईलाका प्रहरी कार्यालय भालुवाङमा विभिन्न शिर्षकका ६४ मुद्दा दर्ता प्रहरी निरीक्षक : शाह

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङमा आर्थिक वर्ष २०७८/०७९ को असार ७ गते सम्म विभिन्न शिर्षकका ६४ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिएका छन् ।

यहीँ असार ७ गते कार्यालयमा दर्ता भएका मुद्दाहरु सवारी ज्यान-८,सा.शा.बि.कसुर-१,जबर्जस्ती करणी उद्योग-२,झुण्डीइ आत्मा हत्या-१२,बिष शेवन-५, भवितव्य ज्यान-१२,लागू औषध ब्राउन सुगर र गाँजा गरि-५,जबर्जस्ती करणी-३,फुटकर ज्यान-५, झुठ्ठा विवरण पेस गरि नागरिकता बनाएको-१ वटा मुद्दा दर्ता भएको जनाएको छ।

त्यसैगरि नकवजनी चोरी-३,सवारी आवागमनमा बाधा अवरोध-१,ठगी-१,ज्यान सम्बन्धि कसुर-१, कर्तव्य ज्यान-२,वालयौन दुरुपयोग-१, मोटरसाइकल चोरी-२ गरि जम्मा-६४ मुद्दा दर्ता भएकाहुन। जस मध्य फर्च्छौट संख्या २३ रहेकोछ भने बाँकी संख्या फर्च्छयौट हुन रहेको बताइएकोछ।

प्रहरी निरीक्षक शाहले आफू कार्यालय प्रमुखको हैसियतमा यो कार्यालयमा आइ सकेपछि विभिन्न शिर्षकका-२० वटा मुद्दा दर्ता गरिएको र २४ जना पक्राउ गर्न सफल भएकोमा ३ जना फरार रहेकोले खोजी कार्य जारी राखेको बताएका छन् । आफुले २० वर्षसम्म फरार रहेको अभियुक्त पनि पक्राउ गरि अदालतमा पेश गरेको शाहले भनेका छन् ।

यस्तै आफू कार्यालयमा आएको छोटो समयमै ४ किलो ५ सय ४९ ग्राम गाँजा र ७ सय ८० मिलि ग्राम ब्राउन सुगर समेत पक्राउ गरिएको उनले बताएका छन् । कार्य कक्षमा भएको भेटमा निरीक्षक शाहले शान्ति सुरक्षा अमन चयन कायम राख्ने आफ्नो मूल कर्तव्य र दायित्व भएकोले सोही अनुसार आफू कटिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!