२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रिय अनलाईन पत्रकार संघका पत्रकार हरुलाई ग्रीनसिटी अस्पतालले निशुल्क उपचार गर्ने

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९


(सागर थापा)
काठमाडौं । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने बिषयमा आज सम्झौता भएको छ ।
राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर आजैबाट २ बर्षका लागि लागु हुनेगरी यो संझौता गरीएको हो ।
सम्झौता को बारेमा बोल्दै ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले यो भन्दा अगाडी पनि अस्पतालले आफ्नो सेवामुलक ब्यबसायको सामाजिक उत्तरदायीत्व अन्तरगत गर्नुपर्ने सबै काम गरीरहेको र राज्यको चौथो अंग कोरुपमा रहेको संचार क्षेत्रलाई समेत सहयोग गर्न पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताउनु भयो ।
नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले यस्ता सामाजिक सेवा अन्तरगत लिन मिल्ने सेवा र सुबिधा हरुलाई पत्रकारको पहुँच सम्म पुर्याउन सके पत्रकारको जीवनस्तर उठाउन मद्यत पुग्ने हुनाले अब नोजाको पहलमा बिभिन्न संघ संस्था ,कम्पनि तथा सेवाहरुमा सम्झौता गरेर नोजालाई ब्यबस्थित बनाएर अगाडी लैजाने सोचका साथ यो कार्यलाई अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रममा रे टेलिभिजन , सारा खबर , राष्ट्रिय खवर , ए बि सि टेलिभिजन, साझा सवाल डटकम , मुग्लानी खवर लगाएतका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
सम्झौतामा अस्पतालले प्रदान गर्नसक्ने सेवा सुबिधामा तोकीएको प्रतिशतमा छुट तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पत्रकारको हकमा नोजाको बिशेष सिफारीसको आधारमा निशुल्क उपचारको ब्यबस्था मिलाउन अस्पताल पक्ष सहमत भएको छ ।
सम्झौता अनुसार नोजामा आबद्ध मिडियाहरुले अस्पतालको बिज्ञापनमा ५० प्रतिशत छुट सहित प्रकाशन गर्नुपर्ने छ ।
यस्ता सम्झौता हरुबाट श्रमजिवि पत्रकार हरुले अकालमा ज्यान गुमाउनु पर्ने अबस्थाबाट मुक्तहुने तथा पत्रकारको जिवन स्तर उठाउन समेत मद्यत पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाको दावी छ । यता राष्ट्रिय अनलाईन पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सागर थापाले लुम्बिनी प्रदेश भित्रका सम्पूर्ण आबद्ध अनलाईनका पत्रकारहरु लाई उपचारमा हस्पिटलबाट पाउने सेवा र छुट सुबिधा लिन सक्नुहुने छ । भन्दै राष्ट्रिय अन्लाईन पत्रकार संघ लुम्बिनी प्रदेश दाङमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!