२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बुटवलको एक होटलमा किशोरी मृत्यु होटल सञ्चालक सहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

ABC (क्राईमबिट)
भैरहवा । एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएकोे इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

गत शनिबार दिउँसो बुटवल–३ गोलपार्कस्थित होटलको कोठामा सुदीक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शुक्रबार साँझ असिमसँगै होटलमा गएकी सुदीक्षालाई झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका परिवारजनले असिमविरुद्धमा जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि श्रेष्ठ र अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख केसीले बताउनुभयो ।

यसअघि इलाका प्रहरी कार्यालयले दिएको सूचनामा मृतकको नाम समीक्षा र उमेर १७ वर्षको भएको उल्लेख गरिए पनि मृतकका बुवाले दिएको जहेरीमा भने मृतक किशोरीको नाम सुदीक्षा रहेको र उमेर १६ वर्षको रहेको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!