२९ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

तुल्सीपुरमा बत्ति अनियमितता ब्यापक पुर्व मन्त्री गिरी जनप्रतिनिधि सहित बिद्युतमा

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


ABC-SANCHAR
दाङ । बिद्युत सेवाबारे ब्यापक जनगुनासो आएपछि बिहीबार पूर्व सिंचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सर्वसाधारण सेवाग्राहीसहित पश्चिम दाङका जनप्रतिनिधिलाई लगेर तुलसीपुरस्थित बिद्युत बितरण कार्यालयमा पुगे ।

केन्द्रीय सदस्य गिरीसंगै दंगीशरण गाउँपालिकाका प्रमुख शभ्भु गिरी, शान्तिनगर गाउँपालिकाका प्रमुख प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ ९क० सभापति घनश्याम ढकाल, ३ (ख) का सभापति खिमबहादुर वली,तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, महाधिबेशन प्रतिनिधिहरु बिमल रिजाल, डा.नहकुल केसी, काँग्रेस दाङका सदस्य रमेश मल्लस, दंगीशरण – ६ का वडाध्यक्ष रोशण जंग शाह, बबई काँग्रेसका सभापति प्रकाश बस्नेतसहितका नेता कार्यकर्ता र सर्वसाधारण सेवाग्राही समेत गएका थिए ।

बितरण केन्द्रबारे ब्यापक जन गुनासो आएपछि सेवा सुधारको आग्रहसहित नेता गिरी आँफै बितरण केन्द्रका प्रमुख ज्ञानप्रशाद फर्सालाई भेट्न कार्यालय पुगेका हुन ।

त्यसक्रममा नेता गिरी लगाएत जनप्रतिनिधि र सर्वसाधारणले बितरण केन्द्रबाट सेवा प्रवाहमा भइरहेका लापरबाही तथा कमिकमजोरीको बारेमा अबगत गराउँदै आम जनताले गुनासो गर्ने गरि कमजोरी नदोह¥याउन सचेत तुल्याएका थिए ।

बितरण प्रमुखलाई कस्ले के भने ?
नेपाली काँग्रस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले आँफू निर्वाचित भएर आएको ७ महिना जति भएको र यो बीचमा काँग्रेस क्षेत्रीय कार्यालयको ७ बर्ष बढिको बिद्युत बक्यौता सबै चुक्ता गरेपनि पछिल्लो समय एकाध महिनाको बक्यौंता हुँदा बिद्युत काट्ने चेतावनी दिनु अब्यबहारिक भएको बताए । म आर्मी स्वभावको मानिस एक्सन वरिन्टेड काम गर्नुहोस । नियम फरक होला, ब्यबहारिकता हेरेर बिद्युत लाइन काट्नु भन्दा कम्तिमा एक दिन पहिले भएपनि जानकारी दिने गर्नुहोस,’ हमालले भने ।तुलसीपुर बजारमा बिभिन्न ११ वटा ब्यबसाय गर्दै आएका मोहन स्वर्णकारको उदारहण दिदै थाँहै नदिएर उनको एउटा घरको बिद्युत लाइन काटिएको प्रति हमालले बिरोध जनाए । घर धनीलाई थाँहै नदिएर एक कल फोनसमेत नगरी बिद्युत काट्नु गलत अभ्यास भएको हमालले बताए ।

तुलसीपुरका प्रतिष्ठित ब्यापारी बिमल रिजालले मुख्य बजार क्षेत्रमै ३ महिनासम्म एक पटकपनि मिटर रिडिङका लागि कर्मचारी नखटाउने र हरेक महिना महसुल तिर्दै आएका उपभोक्ताबाट अन्तिममा कल्पना गरे भन्दा धेरै बिद्युत खपत भएको भनेर एकै पटक हजारौं अशुल्नु बदमासी भएको भन्दै सचेत तुल्याए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँका उपभोक्ता मिनबहादुर खड्काले गाउँघरमा पाँच पाँच मिनेटमा झ्याप्प झ्याप्प बत्ति किन गइरहन्छ रु बिद्युत बितरण केन्द्रका प्रमुख ज्ञानप्रशाद फर्साललाई प्रश्न सोधेका थिए ।

डिप बोरिङबाट पानी तान्न नसक्ने बिद्युत दिएर तपाँईले गाउँघरका किसानलाई के गर्न खोज्नु भएको हो रु भन्दै आक्रोस पोखे ।
दाङमा यसपटक धानखेतिका लागि आवश्यक बर्षा भइनसकेको र डिप बोरिङ भएका ठाउँमासमेत मोटरले पानी तान्न नसक्ने नाम मात्रैको बिद्युत भएको हुँदा धान खेती गर्न नसकीरहेको अन्य सर्वसाधारणले पनि गुणासो गरेका थिए ।

त्यस्तै तुलसीपुर – ११ हस्नापुर डिपबोरिङका अध्यक्ष लालबहादुर खत्रीले चार बर्ष पहिले गाडेको डिपबोरिङमा अनेक प्रयास र आग्रह गर्दापनि बिद्युत जडान नभएको भन्दै रोष प्रकट गरेका थिए ।
हस्नापुर डबरामा चार बर्ष पहिले बोरिङ गरिएपनि बिद्युत जडान भइ नसक्दा पानी तानेर खेती गर्ने सपना पुरा हुन नसकेको भन्दै उनले कार्यालयको ढिलासुस्ति र लापरबाहीको बिरोध गरेका थिए ।

जिल्लाका बिभिन्न सुख्खाग्रस्त ठाउँहरुमा दीपक गिरी सिंचाई मन्त्री हुँदा किसानलाई खेतीपातिमा सजिलो होस भनेर डिपबोरिङहरु खनिएका थिए । नेता गिरीले बितरण प्रमुख फर्साललाई सर्वसाधारण गाउँले जनताले नजानेका नबुझेका सानातिना नीतिगत र प्राबिधिक कुराहरु बुझाउँदै काम गरिदिन र जनतालाई दुःख नदिन आग्रह गरेका थिए ।

नेता गिरीले सर्वसाधारण नागरिकको ब्यापक गुणासोको आधारमा आफुहरु सचेत तुल्याउन आएको भन्दै कुनैपनि समस्या आइ परे वा बिद्युत एक्लैले गर्न संभव नभए स्थानीय जनप्रतिनिधिहरु संग समन्वय गरे समस्या सल्टाउन सहज हुने हुँदा जनताको सेवाका लागि मिलेर काम गर्न आग्रह गरेका थिए ।त्यसक्रममा बिद्युत बितरण केन्द्रमा पुगेका अन्य केही सर्वसाधारण सेवाग्राहीले माग फारम भरेको ६ महिनासम्म पनि घरमा जडान गर्ने मिटर बक्स नपाएको, बिद्युतका कर्मचारीले चिने जानेका तथा केही पाउने ठाउँमा मात्रै पहिला जडान गर्ने गरेको जस्ता गुनासोहरु गरेका थिए ।

त्यस्तै दंगीशरण गाउँपालिका वडा नं.३ का वडाध्यक्ष सुकलाल चौधरीले गाउँघरमा सेवाग्राहीको घरमा मिटर बक्स जडान गर्न जाँदा बितरण केन्द्रका कर्मचारीले तोकेर अतिरित्त रकम माग्ने गरेको प्रति बिरोध जनाए ।

वडाध्यक्ष चौधरीले गाउँघरमा मिटर बक्स जडान गर्न गएका वितरण केन्द्रका प्राबिधिक तथा कर्मचारीले घर धनिले आँफुखुसी मेहनेत हेरेर पाँचसय रुपैंया दिदा यत्ति पैंशा दिने भन्दै लात्तिले फालेको दृष्य आँफैले देखेको भन्दै तत्काल त्यो रोक्न आग्रह गरे ।

दंगीशरण – १ का वडाध्यक्ष रमेश भण्डारीले फुर्केसल्लीमा बिद्युत विस्तार भएको महिनौं पुगि सक्दापनि बिद्युत जडान नभएको बारे प्रश्न सोधेका थिए ।

कुनै कारणबस बिद्युत सेवा अबरुद्ध बनेपछि पटक÷पटक फोन सम्पर्क गर्दापनि एक घन्टामै मर्मतका लागि आउँदै भनेर आश्वासन दिएपनि तीन चारदिनसम्म पनि मर्मतका लागि प्राबिधिक तथा कर्मचारी नपठाउने गरेको प्रति आक्रोश पोखे ।

काँग्रेस बबई गाउँपालिकाका सभापति प्रकाश बस्नेतले बिकट बस्ति जौंबारी, गंगटे लगाएतका सर्वसाधारण बिद्युत बिस्तार भएपनि बर्षौंदेखि टुकी बालेर बस्न बाध्य भएको भन्दै बिजुली बत्ति बालेर उज्यालो घरमा बस्न पाउने ब्यबस्था अबिलम्ब मिलाई दिन अपिल गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । यहाँ एकपछि अर्को मेडिकल स्टोर खुलिरहेका छन्। यहाँ लाइसेन्सको कुनै अर्थ छैन। सेल्समेनको योग्यताको पनि कुनै मतलब छैन। उच्च भाडा र मोटो रकम तिरेर मानिसहरू मेडिकल स्टोर खोलिरहेका छन्। यहाँ ग्राहकको कमी छैन। लागूपदार्थको लतमा फसेका युवाहरू अरु युवालाई पनि लागूपदार्थ खुवाएर आफ्नो समूह बढाइरहेका छन्। मुख्य रूपमा बिक्री हुने लागूपदार्थमा नशालु औषधि, […]

सर्लाही । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन्। उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन्। जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी […]

दाङ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवम् सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो […]

error: Content is protected !!