२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नियम लागू नभए पछी कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने गाडी तेर्स्याए हड्ता

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जमा स्थानीय रुटमा चल्ने सार्वजनिक गाडीले हड्ताल गरेका छन् । कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक माइक्रो बस, म्याजिक गाडीले हड्ताल गरेका हुन् । गाडी सञ्चालकहरुले माइक्रो बस र म्याजिक ल्याएर नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि सडकमा तेर्स्याएका छन् ।

नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु बसपार्कबाटै छुट्नुपर्ने नियम बनाइएको थियो । नेपालगञ्ज–कोहलपुर चल्ने सवारी साधनलाई पनि एकपटक बसपार्कमा पुग्नुपर्ने र ५० रुपैयाँ तिर्नुपर्ने नियम बनाइएको थियो । तर, यो नियम आफूहरुलाई व्यवहारिक नभएको भन्दै गाडी सञ्चालकहरुले आज विहानदेखि हड्ताल गरेका छन् । बस सञ्चालकले हड्ताल गरेकाले नेपालगञ्ज–कोहलपुर रुटमा चल्ने यात्रुवाहक सवारी साधन चलेका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!