२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गर्मीलाई मध्यनजर गर्दै बिरगंजका बिधालयहरु १ महिनाको लागि बन्द

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


ABC-SANCHAR
पर्सा । पछिल्लो समय बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पर्सा जिल्लाका विभिन्न स्थानीय तहले गर्मी विदा दिन थालेका छन् ।

असार महिनाको अन्त्यसम्म पनि वर्षा नहुँदा बढ्दै गरेको गर्मीका कारण विद्यालयमा पठनपाठन अहसज हुँदै गएपछि जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पाकाहमैनपुर गाउँपालिका, धोविनी गाउँपालिका र विन्दवासिनी गाउँपालिकाले गर्मी विदा घोषणा गरेका हुन् ।

वीरगञ्ज महानगरपालिकाले गत बुधबारदेखि आज शुक्रबारसम्म विद्यालय बन्द गरेको छ भने पोखरिया नगरपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि विदा दिएको छ ।

त्यसैगरी पाकाहमैनपुर गाउँपालिकाले पनि बिहिबार एउटा सूचना जारी गर्दै साउन १ गतेदेखि २८ गतेसम्म विदा घोषणा गरेको छ । बिहिबार गाउँपालिकाको एउटा विद्यालयमा केही विद्यार्थी गर्मीका कारण बेहोस भएपछि पालिकाले विदा दिएको थियो ।

यस्तै धोविनी गाउँपालिकाले पनि साउन २८ गतेसम्म पालिकाका सम्पूर्ण शैक्षिक संस्थामा विदा घोषणा गरेको गाउँपालिका अध्यक्ष मदन चौहानले जानकारी दिए ।

विन्दवासिनी गाउँपालिकाले आज शुक्रबार एउटा सूचना जारी गर्दै ३० दिनका लागि विद्यालय बन्द रहने जनाएको छ । गर्मी बढेसँगै सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित हुँदा र विद्यार्थीको सङ्ख्या पनि कम हुँदै गएपछि विदा घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!