२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेघराज आचार्य निर्वाचित

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९


(राजन केसी)
दाङ । नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको दोश्रो अधिवेशनबाट दाङ्गका ज्योतिषि मेघराज आचार्य तुफान अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशको राजधानी दाङ्गमा स्थित घोराहीको दाङ्ग फन भ्याली प्रालिमा भएको अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । जसको वरिष्ठ उपाध्यक्षमा रुपन्देहीका खिमप्रसाद पौडेल, उपाध्यक्षहरुमा रुपन्देहीका विष्णु पौडेल,अर्घाखाँचीका केशवराज आचार्य,प्युठानका तिर्थराज पोख्रेल, पाल्पाका प्रकाश न्यौपाने निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा दाङ्गका ढुण्डिराज ज्ञवाली, उपमहासचिवमा रुकुम पुर्वका मदन शर्मा,रोल्पाका खड्गबहादुर पुन, अर्घाखाँचीका अनन्तप्रसाद घिमीरे, सचिवमा दाङ्गका माधवा शर्मा, कोषध्यक्षमा दाङ्गका पद्यप्रसाद अधिकारी, सहकोषध्यक्षमा अर्घाखाँचीका लेखनाथ आचार्य,प्रचार सचिवमा दाङ्गका ठाकुरप्रसाद देवकोटा,संगठन सचिवमा दाङ्गका भुवनेश्वर बन्जाडे र सदस्यहरुमा दाङ्गका गोपालप्रसाद उपाध्याय, दाङ्गका कमलप्रसाद भट्टराई, रुकुम पुर्वका धर्मराज शाही, रुकुम पुर्वका लोकेन्द्रबहादुर शाही,प्युठानका ऋषिराम रिजाल,कपिलवस्तुका डिलाराम न्यौपाने, प्युठानका टोपकुमार न्यौपाने, बर्दियाका शिवलाल उपाध्याय, दाङ्गका ढुण्डिराज खनाल, बाँकेका शेरबहादुर शाही, रुकुम पुर्वका विष्णु देवकोटा, गुल्मीका प्रकाश भट्टराई र कपिलवस्तुका आनन्दप्रसाद भुसाल निर्वाचित भएको निर्वाचन सचिव एवम् केन्द्रिय सदस्य केशव गौतमले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथी नेपाल संस्कृत विशवविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले ज्योतिषशास्त्रको संरक्षणको लागि जुनसुकै कदम चाल्ने र नेपाल ज्योतिष परिषद्लाई ज्योतिषको संरक्षण र अध्ययन अनुसन्धानको लागि आवश्यक सहयोग गर्ने बताए ।

विशिष्ट अतिथी घोराही उपमहानगरपालिकाका उपमेयर हुमा जिसीले कार्यक्रमबाट प्रभावित भएर नेपाल ज्योतिष परिषद्को साधारण सदस्यता लिदै शास्त्रको संरक्षणको लागि र ज्योतिषिहरुलाई प्रशिक्षण गराउन उपमहानगरको तर्फबाट बजेट विनियोजन गराइदिने आश्वाशन दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङ्गका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, तुल्सिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का,नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत,वैदिक हिन्दू परिषद् नेपालका अध्यक्ष सूर्यप्रसाद गुरागाई, तुल्सिपुर उपमहानगरपालिका १८ नम्बर वडाध्यक्ष माधव वली, नेपाल संस्कृत विश्वविद्यालय कुलसचिव माधव अधिकारी, नेपाल ज्योतिष परिषद् केन्द्रिय सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराई, केन्द्रिय सदस्यहरु केशव गौतम,सुन्दर भण्डारी,कुस्माखर न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै ज्योतिष परिषद्को उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

कार्यक्रममा स्वदेश ज्ञान नृत्य,चौधरी नृत्य र रोल्पाको सारङ्गि धुन प्रस्तुत गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथीहरु र परिषद्का जिल्ला अध्यक्षहरुलाई मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रम स्थल दाङ्ग फन प्रालिका सन्चालक मिनराज घिमीरेले काठमाडौँबाट लगि फुलमालाहरु सौजन्य गर्नुभएको थियो र कार्यक्रमबाट प्रभावित भएर दाङ्गका प्रमुख जिल्ला अधिकारीले समेत नेपाल ज्योतिष परिषद्को साधारण सदस्यता लिनुभएको नवनिर्वाचित उपमहासचिव अनन्तप्रसाद घिमीरेले जानकारी दिनुभयो ।
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृतमा केन्द्रिय सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराई,निर्वाचन सचिवमा केन्द्रिय सदस्य केशव गौतम र सदस्यहरुमा केन्द्रिय सदस्यद्वय सुन्दर भण्डारी,कुस्माखर न्योपाने ,दाङ्ग जिल्ला अध्यक्ष कपिलदेव सुवेदी रहनुभएको थियो ।

कार्यक्रम निवर्तमान अध्यक्ष जनार्दन न्यौपानेको अध्यक्षता , निवर्तमान वरिष्ठ उपाधयक्ष एवम् नवनिर्वाचित अध्यक्ष मेघराज आचार्यको स्वागत मन्तव्य, निवर्तमान सदस्य एवम् नवनिर्वाचित सचिव माधवा शर्मा र गोरखा बोर्डिङका छात्रा प्रसिद्धि आचार्यको स्वागत गित , निवर्तमान कोषध्यक्ष एवम् नवनिर्वाचित वरिष्ठ उपाधक्ष खिमप्रसाद पौडेलको धन्यवाद ज्ञापन र महासचिव ढुण्डिराज ज्ञवालीको सन्चालनमा सम्पन्न भएको उपाध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!