२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

पर्सा प्रहरीले भारतीय ट्रकबाट २६० किलो गाँजासहति २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९


ABC (क्राईमबिट)
पर्सा । बिरगंज भारतीय ट्रकबाट
२६० किलो गाँजासहति २ जना पक्राउ
पक्राउ पर्नेमा भारत विहार मोतिहारीका २५ वर्षीय साहेब आलाम र १८ वर्षीय मन्तेजिर आलाम रहेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ स्थिति एनएल ०२ जी ३७९१ नम्बरको ट्रकमा लागूऔषध गाँजा छ भन्ने सूचनाको आधारमा शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त ट्रक चेकजाँच गर्दा २६० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी एसपी रमेश बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको एसपी बस्नेतले बताए ।

यसअघि पनि पर्सा प्रहरीले २ सय ७० किलो गाँजासहति २ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!