१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

दाङका २ ठूला सरकारी अस्पतालमा आर्थिक अवस्था कमजोर भएकाहरूले उपचार निःशुल्क पाउने

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

(ABC-Sanchar)
दाङ । नागरिक स्वास्थ्यमा सरकार भन्ने मूल उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० साउन १ गतेदेखि लागु हुने गरी प्रादेशिक स्तरका दुई सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा बिरामीलाई बेड, बिरामी र रगत सेवा निःशुल्क सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले नागरिक स्वास्थ्य सेवामा सहजताका लागि बिरामीलाई यी सेवा निःशुल्क गरिएको बताए । प्रादेशिक अस्पतालका दुई सरकारी अस्पतालबाट बहिरङ्ग तथा ओपिडी बेड सेवा तथा बिरामी पुर्जा र रगत आवश्यक रहेका बिरामीलाई रगत समेत निःशुल्क सेवा प्रदान गरिएको मन्त्री थारुले जानकारी दिए ।

यसका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री थारुले भने–‘कतिपय अवस्थामा विपन्न नागरिकसँग नाम लेखाउन समेत पैसा हुँदैन । जसका कारण विपन्न नागरिकले उपचार सेवा पाउनबाट समेत वञ्चित हुनुपर्ने बाध्यतालाई टारेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

error: Content is protected !!