२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ ।

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार ब्यूरोले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ । आरोपीहरुले काठमाडौंका सडक बालबालिका र मजदुरलाई फकाएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

मजदुर र बालबालिकालाई उनीहरुले भारतमा लगेर ‘मिर्गौला बेचेपछि ५ लाख नगद र ५० हजार पर्ने मोबाइल पाइन्छ’ भनेर डिल गर्ने गरेका थिए । पक्राउ परेका दुईजना त्यसरी मिर्गौला बेचेका पीडित पनि हुन् । उनीहरुले आफ्नो शरीरबाट मिर्गौला झिकेको देखाएर ‘शरीरमा दुईवटा मिर्गौला हुन्छ, एउटा बेच्दा कुनै असर गर्दैन’ भनेर पीडितलाई फकाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरुले हेटौंडा–वीरगञ्जबाट रक्सौल हुँदै कोलकत्ता लैजाने तयारी गरेका थिए । ती युवकलाई भरत लिएर हिँडेको अवस्थामा प्रहरीले कोटेश्वरमा फेला पारेर उनीहरुलाई पक्राउ गरेको थियो । आरोपीहरुले किड्नी बेच्न तयार दुई जनालाई कालोपुल नजिकैको होटलमा राखेर रगत परीक्षण गराएका थिए ।

ती युवाहरुलाई कोलकत्तासम्म लैजाने जिम्मा विजय कुँवरले लिएका थिए । नेपालबाट कोलकत्तासम्म लगेबापत काठमाडौंमा सक्रिय गिरोहले ५ लाख लिने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो गिरोहका मुख्य नाइके धनबहादुर रोका उर्फ हिमाल हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!