२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एक हजारमा नबालिका मिलाउने महिला दलाल पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । खाजाघरमा नाबालिका हरूलाई वेश्यावृत्तीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २८ वर्षीया चिनीमाया लामा लिम्बु पक्राउ परेकी छिन् ।

टोखा नगरपालिका–९ बस्ने ईलामको माई नगरपालिका–७ घर भएकी लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लिम्बुले २ जना नाबालिकाहरूलाई टोखा नगरपालिका–९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपियाँ नगद लिई नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृतीमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले जेठ १३ गते उद्दार गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेकी लिम्बुविरुद्ध ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । (सांकेतिक तस्वीर)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!