२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

एक हजारमा नबालिका मिलाउने महिला दलाल पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । खाजाघरमा नाबालिका हरूलाई वेश्यावृत्तीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २८ वर्षीया चिनीमाया लामा लिम्बु पक्राउ परेकी छिन् ।

टोखा नगरपालिका–९ बस्ने ईलामको माई नगरपालिका–७ घर भएकी लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लिम्बुले २ जना नाबालिकाहरूलाई टोखा नगरपालिका–९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपियाँ नगद लिई नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृतीमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले जेठ १३ गते उद्दार गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेकी लिम्बुविरुद्ध ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । (सांकेतिक तस्वीर)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!