२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले अधिकृतहरुलाई फ्रेन्च भाषा सिकाइँदै

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबारदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा संचालन गरिएको छ ।

सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण कक्षा संचालन गरिएको बताए ।

उनले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताए ।

त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च भाषाको महत्व तथा आवश्यकता माथि प्रकाश पर्दै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताए ।

उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!