२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंको गोदामबाट प्रहरीको छापा १ करोड मूल्य अवैध सामान बरामद

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो । अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको बताए ।

बरामद सामान पटका पनि भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने कोइरालाले बताए । यस्तै बरामद सामान्य राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!