२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

प्रहरी हवलदारको उजुरी नलिनेे रोल्पा डिएसपीको अनुसन्धान गर्न प्रहरी टोलि पठाउदै डिआइजी : नल

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

ABC (क्राईमबिट)
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले रोल्पामा प्रहरी हवल्दार कुटिएको घटना अनुसन्धान गर्न छुट्टै प्रहरी अधिकारी खटाउने बताएका छन्।

घर बिदामा जान थालेका प्रहरी हवल्दार रामबहादुर बाँठालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता खिमबाबु राजा डिसीको समूहले साउन ३ गते बेलुका ७ बजेतिर बाटोमै आक्रमण गरेका थिए। आक्रमणपछि बाँठा घाइते भएका थिए।

रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का प्रहरी हवल्दार बाँठालाई कुटपिटको विरूद्धमा पीडितले जाहेरी दिन खोजेपछि जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले माओवादी नेताहरूको दबाबमा आएर जबरजस्ती मिल्न आफूलाई पनि दबाब सिर्जना गरेको गुनासो गर्दै आएका छन्। त्यो घटना मैले नियालिरहेको छु,’ डिआइजी उपाध्यायले भने, ‘अब एक-दुई दिनभित्रै घटना अनुसन्धान गर्न बाहिरी जिल्लाका डिएसपी पठाउने तयारीमा छु।’

प्रहरी हवल्दारले भन्दा पनि जिल्ला प्रहरी प्रमुखका गतिविधि अनुसन्धान गर्न आफूले छिट्टै एक जना डिएसपी रोल्पा खटाउन लागेको डिआइजी उपाध्यायले बताए।

‘डिएसपी घिमिरेले मलाई त्यो हवल्दार नै फटाहा छ भन्ने कुरा भन्दै आउनुभएको छ,’ उपाध्यायले भने, ‘अर्कोतर्फ प्रहरी हवल्दारले आफूलाई जबर्जस्ती डिएसपीले मिल्न दबाब दिएको कुरा पनि मैले पढ्दै आएको छु।’आफूले छिट्टै एक जना डिएसपी खटाएर सुक्ष्म रूपमा रोल्पाका डिएसपीका गतिविधिबारे अनुसन्धान गर्न अधिकारी पठाउन लागेको उनले बताए।

शनिबार फेरि छलफल हुने

जिल्ला प्रहरी कार्यालय रोल्पामा दुवै पक्षलाई राखेर शनिबार बिहान ११ बजे फेरि छलफल हुने भएको छ।

प्रहरी हवल्दार बाँठाले पनि शनिबार पनि छलफलका लागि आफूहरूलाई बोलाइएको जानकारी दिए।

‘आज पनि डिएसपी साबले मिल्नु पर्छ भन्ने कुरा गर्नुभयो र मेरो जाहेरी दर्ता गर्नै मान्नु भएन,’ बाँठाले भने, ‘शनिबार पनि कुरा नमिले म न्यायsf लागि यही प्रतिक्षालयमा अनसन बस्ने छु।’

लिखित जोहरी दर्ता गर्न खोजे पनि भोलि भोलि भन्दै डिएसपी घिमिरेले चार दिनसम्म दर्ता गर्न नमानेको र जसरी पनि मिल्न दबाब दिँदै आएको प्रहरी हवल्दार बाँठाले बताउँदै आएका छन्।

‘मैले अनसनको तयारी गरिरहँदा आज एक पटक फेरि मलाई शनिबारको छलफलमा बस्नुपर्‍यो भन्ने आग्रह आएको छ,’ बाँठाले भने, ‘मैले न्यायबाहेक अरू केही खोजेको छैन।’

एउटा प्रहरी माथि भएको आक्रमणबारे न्याय माग्न जाँदा प्रहरी अधिकारीबाटै राजनीतिक दबाब आएको र आफूले सहयोग नपाएको बाँठाको गुनासो छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले भने आइतबार प्रहरी हवल्दार बाँठाको जाहेरी दर्ता हुने विश्वास दिलाए।

‘कुटपिटमा संलग्न भनिएका व्यक्तिहरूबाट पनि राजनीतिक अभद्र व्यवहारसम्बन्धी जाहेरी आएको छ,’ घिमिरेले भने, ‘दुवै पक्षको जाहेरी अध्ययन गरेर आइतबार दर्ता गरिने छ। सम्बन्धित समाचारः माओवादी कार्यकर्ताबाट कुटिएका हवल्दार भन्छन्- मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन ।
नारायण खड्काबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बर्दिया । गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ । बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार […]

  सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोन कुराकानीमा अश्लिल शब्द प्रयोग गदै गालीगलौज गरेपछि यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष यादवले यसअघि नै ५ पटक अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपेको प्रहरी स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । […]

  बैतडी । लेखकले शनिबार बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । निरीक्षणका क्रममा लेखकले जिप्रका लगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाका अवस्थामा जानकारी लिएका छन् । गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । उनले […]

error: Content is protected !!