२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

भारतीय कलाकार सलमान खानद्वारा आत्मरक्षाका लागि सरकारसंग हतियार माग

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९


ABC-Sanchar
मुम्बई । आफ्नो हत्याको धम्की पत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् ।

गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ ।

अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्की पत्रबारे छलफल गरेका हुन् । भेटकै क्रममा उनले आत्म सुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन् ।

गत मे २९ मा पन्जाबको मानसा जिल्लामा पन्जाबी गायक सिद्धु मूस वालाको गोली हानी हत्या भएपछि ५ जुनमा सलमान खान र उनका बुबा सलिम खानलाई मार्ने धम्की आएको थियो । सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्ड स्ट्यान्ड प्रोमेनेड नजिकै भेटेको थियो जहाँबाट उनी नियमित बिहानको दौडमा निस्कने गर्छन् ।

अभिनेताले हिन्दीमा प्राप्त गरेको चिठीमा सलिम खान र उनका छोरा दुवैले मारिएका गायक सिद्धु मूसवालाको जस्तै नियति भोग्ने चेतावनी दिइएको प्रहरीले बताएको छ । महाराष्ट्र गृह मन्त्रालयबाट प्राप्त जानकारीअनुसार बिश्नोई गिरोहले अभिनेता खान र उनका बुबालाई धम्की दिनुको कारण आफ्नो शक्ति देखाउनु हो भनेको छ ।

उक्त गिरोहले ठुला व्यवसायी र कलाकारसँग रकम असुल्ने तयारी गरिरहेको बताइएको छ । धम्की पत्र भेटिएपछि मन्त्रालयले खानको सुरक्षा निगरानी बढाएको छ । मुम्बई प्रहरीको अपराध शाखाले धम्की पत्रको छानबिन गरिरहेको छ । छानबिन गर्न गत महिना पुना गएको प्रहरी टोलीले लरेन्स बिश्नोई गिरोहका सदस्य सिद्धेश हिरामन काम्बले अर्थात् महाकालसँग सोधपुछ गरेको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!