२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सशस्त्र प्रहरीले भारु १७ लाख ६६ हजार सहित दुई जना धनगढीबाट पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

ABC (क्राईमबिट)
धनगढी । सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारु रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिएका हुन् ।

सशस्त्र प्रहरी बलको इन्टिलीजेन्स ब्युरोको सूचनाको आधारमा उनीहरू लाई पक्राउ गर्न सफल भएको उनले बताए । उनका अनुसार स्रोत नखुलेको सो रुपैयाँ सहित आज बिहान साढे ५ बजे साइकलमा धनगढीको चौराहतिर जाँदै गरेको अवस्थामा अस्पताल नजिक बाट पक्राउ गरिएको हो । उक्त रकम बारे दुवै जनाले हामी लाई यथार्थ कुरा भनिरहेको अवस्था छैन उनले भने रकम सहित दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!