२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरीले भारु १७ लाख ६६ हजार सहित दुई जना धनगढीबाट पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

ABC (क्राईमबिट)
धनगढी । सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारु रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिएका हुन् ।

सशस्त्र प्रहरी बलको इन्टिलीजेन्स ब्युरोको सूचनाको आधारमा उनीहरू लाई पक्राउ गर्न सफल भएको उनले बताए । उनका अनुसार स्रोत नखुलेको सो रुपैयाँ सहित आज बिहान साढे ५ बजे साइकलमा धनगढीको चौराहतिर जाँदै गरेको अवस्थामा अस्पताल नजिक बाट पक्राउ गरिएको हो । उक्त रकम बारे दुवै जनाले हामी लाई यथार्थ कुरा भनिरहेको अवस्था छैन उनले भने रकम सहित दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!