२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिक इन्स्पेक्टर शाहको सेटिङ्गमा बसमा खसी तस्करी बाँके प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

 

(महेन्द्र सिंह)

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको महातहतमा रहेको ट्राफिक प्रहरी चेक पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं लग्न लागिएको खसी बोका पैसा लिएर छोडे पछी बसमा यात्रा गर्ने एक पेसेन्जरले जिल्ला प्रहरी कार्यालय बाँकेलाई फोन गरेर भने पछी बाँके प्रहरीले भ्यान पठाएर धम्बोजी चोकमा बसलाई रोकेर कार्वाही गरेको छ ।

आईतबार राती बर्दियाबाट काठमाडौं लैजादै गरेको भे. १ ख. ८८१८ नम्बरको बसमा लोड गरिएको १४ वटा खसी बोका खजुरामा रहेको ट्राफिक प्रहरी पोष्टले चेकजाँच गरेर पनि बाँके ट्राफिक इन्स्पेक्टर हिमालय शाहको निर्देशनमा
छोडेको थियो ।

उक्त बसलाई धम्बोझी चोकमा चेकजाँच गर्दा पक्राउ गरेर नियम पुर्ब सम्पूर्ण कागजात नभएको हुँदा खसीलाई गाडीमा जिल्ला प्रहरी बाँके लगाएको थियो ।

सार्वजनिक सवारीसाधनमा त्यसरी पशुपन्छी लैजान नपाइने नियम भए पनि बाँके ट्राफिक प्रहरी इन्स्पेक्टर शाहको निर्देशनमा ट्राफिक चेकपोष्टले चेकजाँचको क्रममा उक्त खसी बाख्रा छोडेको नाम नबताउने सर्तमा एक प्रहरी जवानले बताए ।
यस्तै बसमा सवार एक खसी ब्यापारीले बाँकेका ट्राफिक प्रमुख इन्स्पेक्टर हिमालय शाहको मिलोमतोमा आफ्नो भर ट्राफिक इन्चार्जलाई पठाएर बाँके देखि बसमा सेट्ङ्गमा ट्राफिक प्रहरीले चेकजाँच नगर्ने बसमा खसी तस्करी गर्ने गरेको बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!