२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके राष्ट्रिय निकुञ्जमा ४० वन्यजन्तुहरु सडक दुर्घटनामा मृत्यु एक बर्षको तथ्यांक

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


(ABC-Sanchar)
बाँके । आर्थिक बर्ष ०७८–०७९ मा विभिन्न कारणले ५१ बन्यजन्तुको मृत्यु भएकोमा ४० बन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।
उनले पाँच वटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताए । सवारी साधनले किचेर १० वटा बाँदर, सात बदेल, चार रतुवा र तीन चरि बाघको मत्यु भएको जानकारी दिए । ‘अधिकांश बाँदरको सडक दुर्घटनामा परि ज्यान गएको छ,’ उनले भने ।
गत आवमा ४३ बन्यजन्तुको उद्दार गरि पुनस्र्थापना गरिएको थापाले बताए । उनले एक बर्षमा १३ वटा चित्तलको उद्धार गरि निकुञ्ज क्षेत्रमा पुनस्र्थापना गरिएको जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जका अनुसार एक बर्षमा १३ वटा अजिंगर सर्पको उद्धार गरिएको छ । ‘उद्धार गरि पुनस्र्थापना गरिएका अजिंगर सर्प मध्ये ११ वटा बयस्क छन्,’ उनले भने, ‘निकुञ्जभन्दा बाहिर आएका सर्प र अन्य जनावरको उद्धार गरि निकुञ्ज क्षेत्रभित्र पुनस्र्थापना गरिन्छ ।’
उनले सात वटा अन्य प्रजातीका सर्पको पनि उद्धार गरि निकुञ्जमा छोडेको बताए । गोमन, धामन, करेत लगायत जातका सर्पको उद्धार गरिएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!