२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

आईजिपीको सिफारिस भन्दा गृहमन्त्रीको लिष्ट धेरै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई काम गर्न गार्‍हो

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवामा बिचौलिया हावी भएपछि प्रहरी महानिरीक्षकहरू कमजोर भएका छन् । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरू निरीह बनेका हुन् ।

दुवै संगठनको हालैको सरुवा बढुवामा त्यसको संकेत पनि देखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिआइजीको पदस्थापन गर्दा १ नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई महानिरीक्षकको कार्यालय, २ नम्बरका टेक प्रसाद राईलाई बिशेष ब्यूरो तथा ३ नम्बरमा अशोक सिंहलाई कार्य विभागमा पदस्थापनको प्रस्ताव मन्त्रालय पठाएका थिए । उनीहरूको अनुभवका आधारमा यस्तो पोष्टिङको प्रस्ताव थियो । तर, पोष्टिङ उल्टिएर आयो ।

बिशेष ब्यूरोको अनुभव भएका टेकप्रसादलाई सचिवालयमा, सचिवालयको अनुभव भएका बसन्तबहादुर कुँवरलाई कार्यमा र कार्यमा अनुभव भएका सिंहलाई भने अनुभव नै नभएको बिशेष ब्यूरोमा पदस्थापन गरिएको थियो । सिंहले बालुवाटारका बिचौलियामार्फत यसरी सरुवासूची पल्टाएका थिए । एसपी बढुवामा पनि जसले शक्तिकेन्द्रलाई प्रभावमा पारे, उनीहरू मात्र पर्न सफल भएका थिए ।

अहिले बिचौलियाकै चलखेलका कारण एसपीको सरुवा निस्कन सकेको छैन । सरुवामा समस्या भएपछि आइतबार रिक्त भएका जिल्लामा प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । त्यसमा पनि महानिरीक्षकको सिफारिस भन्दा बालुवाटारको सूची नै हाबी भएको छ ।

सशस्त्र प्रहरी बलमा पनि विद्रोहकै अवस्था छ । क्षमता नभएका दिपेन्द्र कुँवरलाई ब्याचबाट पहिलो नम्बरमा गरिएको बढुवाले संगठन नै तरंगित छ । डिएसपीमा ८२ नम्बरमा रहेका उनी एसपीमा ११ औं नम्बरमा परे । कामु बढुवामा उनी पछि पर्ने भएपछि करिब १० महिना एसएसपीका पद रिक्त राखियो । त्यस्तै बिशेष निर्णय गरेर सेनामा स्टाफ कलेज गराइयो ।

अहिले प्रहरी नियमावली नै संशोधन गरेर उनलाई बढुवा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई भएकै आधारमा उनलाई यसरी अघि बढाइएको छ । जसले सिंगो संगठनभित्रको सिष्टम ध्वस्त भएको छ । सशस्त्रमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । त्यसमा पनि बिचौलियाहरु नै हावी भएको स्रोत बताउँछ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!