२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

रोशनी शाही पक्राउ कारणहरु यस्तो ?

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेका छन् ।

मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेका सिद्धबाबाले अहिले पशुपतिनाथ क्षेत्रमा महायज्ञ गरिरहेका छन् ।

महायज्ञमा सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध गरेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ । उनले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी थिइन् ।

महायज्ञका प्रमुख वाचक सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा चलिरहेको मुद्दा विचाराधीन छ । गिरीविरुद्ध अनुयायीले बलात्कार अभियोग लगाएपछि जिल्ला अदालत सुनसरीमा मुद्दा चलाइएको थियो । तर गिरीलाई सुनसरी अदालतले सफाइ दिएको थियो ।

त्यसलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा अपील दर्ता गराएको थियो । उच्चले फेरि मिसिल अध्ययन गरेर आवश्यक निर्णय लिन जिल्ला अदालत सुनसरीका नाममा आदेश दिएको थियो । त्यसपछि उनको मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!