२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

बर्दिया प्रहरीको ठुलो लापरबाही प्रहरी हिरासतबाट बलात्कार आरोपी फरार कसरी ?

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९


ABC (क्राईमबिट)
बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै बलात्कार आरोपमा पक्राउ परेका एक जना थुनुवा फरार भएका छन ।

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट फरार बलात्कार आरोपीलाई बर्दिया प्रहरीले व्यापक रुपमा खोजतलास गरिरहेको छ ।

बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाँके जिल्ला, खजुरा गाउँपालिका घर भएका अब्दुल खाँलाई गत असार २३ गते बाँके जिल्लाबाटै प्रहरीले पक्राउ गरेको थियो ।

अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।

खाँलाई १० गते मंगलबार जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्नको लागि समय तोकिएको थियो ।

तर उनी एक दिन पहिल्यै ९ गते (सोमबार) बिहान १०ः५५ बजेतिर खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

उहाँले सबै ठाँउमा ब्यक्तिको हुलिया पठाएर खोजी कार्य जारी राखेको बताउनुभयो ।

हिरासत कक्षबाट थुनुवा भागेपछि बर्दिया प्रहरीले आन्तरिक छानबिन थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

error: Content is protected !!