२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

विद्युतीय तथा अनलाईन ठगी संलग्नमा ४ जना काठमाडौं पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका-२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

error: Content is protected !!