ABC (क्राईमबिट)
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यमा बिहिबार एक समारोहका बिच कार्यालयको सभाहलमा उपत्यका स्थित जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजा
लका पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूले राखेका जिज्ञासा निरुपण गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाले धन्यवाद व्यक्त गर्नुभयो
। सो कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर राना लगाएत अन्य प्रहरी कर्मचारीहरू, लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरू र विभिन्न संघ सस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।