२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नक्कली प्रमाण पेश गरेर जागिर खाएका डिएसपी रमेश सिंहलाई ८ महिना कैद

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई ८ महिना कैद सजाय सुनाइएको छ। उमेर घटाएर नक्कली प्रमाण पत्र पेस गरी प्रहरीमा जागिर खाएपछि कीर्ते कागजात कसुरमा अदालतले कैद सजायसँगै १५ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ।

सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडैल, बलभद्र बाँस्तोला र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गरेको हो।

विशेषा अदालतले उनले एसएसलीको चारित्रिक प्रमाण पत्र नक्कली बनाएर त्यसैको आधारमा नागरिकता बनाएको ठहर गरेको छ।

कीर्ते कागजात कुसुरमा सिंहलाई विशेष अदालतले दोषी ठहर गरेपनि सजाय सुनाएको थिएन।
सिंहले आफ्नो जन्म मिति २०३२ हुनुपर्नेमा २०३३ साल बनाएर नक्कली प्रमाणपत्र पेस गरी प्रहरी निरीक्षकमा भर्ना भएको अदालतको ठहर छ।

प्रहरी निरीक्षकमा भर्ना हु‍ँदा उमेर २५ वर्ष ननाघेको हुनुपर्नेमा उनको उमेर बढी भइसकेको पाइएको छ। उनले २०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन आवेदन दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!