२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दियामा पेस्तोलसहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

ABC (क्राईमबिट)
बर्दिया । विगत केही समययता बर्दियामा चोरी, डकैतीका घटना बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५ मिटर दूरीमा लुटपाट गर्ने उद्देश्यले आएका उनीहरूलाई नियन्त्रणमा लिई स्थानीयले प्रहरीलाई बुझाएका छन् । भारत बहराइच जिल्ला घोसियानाका २६ वर्षीय अमरेश वर्मा र नानपारा खैरितिघाटका २७ वर्षीय अजय घोष लाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्। पक्राउ परेका उनीहरूबाट २ थान कटुवा पिस्तोल, ९ थान गोली‚ १ थान चक्कु र चोरी गरेका गहना बरामद भएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे। स्थानीयले शंकास्पद अवस्थामा देखेपछि पक्राउ गर्न खोज्दा हतियारधारी दुई भारतीय भाग्ने प्रयास गरेका थिए। पक्राउ परेका दुवै जना अन्य चोरीका घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!