२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरीका १३ जना एसपीहरुलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका १३ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई बधाई दिंदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले बढुवासँगै प्राप्त भएको जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन दिंदै संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको बताए ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार १३ र साउन १० गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह अन्तर्गत साधारण, कानुन, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायब उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र प्राविधिक समूह, अन्तर्गत स्वास्थ्य उपसमूहतर्फ प्राविधि सशस्त्र प्रहरी नायब उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा तथा सचिवस्तरकै असार २४ गतेको निर्णयले साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!