२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बौद्धमा दृष्टिविहीनहरू माथि दुर्व्यवहार, समितिका सुरक्षागार्डले लठ्ठी खोस्दै गरे हातपात

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


(ABC-Sanchar)
काठमाडौं । बौद्ध स्तुप क्षेत्रमा बिहीबार बिहान दृष्टिविहीनहरूमाथि दुर्व्यवहार गर्दै बौद्ध विकास समितिका सुरक्षाकर्मी र प्रहरीले बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।

केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्।

विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका थिए। केही प्रहरी पनि त्यहाँ उपस्थित थिए।

यो दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ। भिडिओमा बौद्ध विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूको बाटो छेकेको र जबर्जस्ती लठ्ठी खोसेको, धकेलेको देख्न सकिन्छ।

हामीले यसबारे बौद्धका प्रहरी निरीक्षक विशाल तामाङसँग कुरा गर्दा उनले दृष्टिविहीनहरू बौद्ध क्षेत्रमा पस्न खोजेपछि सुरक्षाकर्मीहरूले रोकेको र त्यही क्रममा यो घटना भएको जानकारी दिए।

घटनास्थलमा बौद्ध विकास समितिका सुरक्षाकर्मीसँगै केही प्रहरीको उपस्थिति थियो। धकेलाधकेलपछि त्यहाँ खटिएका प्रहरीले थप जनशक्ति बोलाएका थिए। समितिका सुरक्षाकर्मीले दृष्टिविहीनका तीनवटा लठ्ठीसमेत भाँचेको उनले बताए।

हामीले दुवै पक्षलाई राखेर छलफल गराएका थियौं,’ प्रहरी निरीक्षक तामाङले भने, ‘पछि सुरक्षाकर्मी र विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूसँग माफी मागे।’

समितिले दृष्टिविहीनहरूलाई तीन-तीनवटा लठ्ठी र चस्मा किनिदिएको उनले जानकारी दिए।

धार्मिक सम्पदा क्षेत्र भन्दै बौद्ध परिसरमा भिख माग्न, गीत गाउन निषेध गरिएको छ। ती दृष्टिविहीनहरू गीत गाउँदै माग्न आएको भन्दै प्रवेशद्वारमै रोक्न खोजिएको थियो। रोक्ने नाममा उनीहरूको लठ्ठी खोस्ने र हात हाल्नेसम्म घटना भयो।

सम्पदा क्षेत्रमा गीत गाउन, होहल्ला गर्न नपाइने नियम सबैतिर र सबैका लागि बराबरी लागू छैन।

हनुमानढोका दरबार क्षेत्रमा सेनाकै ठूल्ठूला गाडी ओहोरदोहोर गरिरहेका हुन्छन्। साँझ-बिहान अरू सवारी पनि निर्वाध आउजाउ गर्छन्। गीत-संगीतले भन्दा त्यस्ता गाडीको आवाजले सम्पदा क्षेत्रलाई बिथोलेको छ। सम्पदा क्षेत्रमै विभिन्न सार्वजनिक समारोहदेखि सांगीतिक कन्सर्टसम्म भएका प्रशस्तै उदाहरण छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!