२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

महिला सशस्त्र प्रहरी सिपाहीको समस्या कसले बुझ्ने र सुन्ने सरकार ?

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल हेड्क्वार्टरले भ्यालीभित्र राशन काण्डको आशंकामा थालेको अनुगमनको उद्देश्य र यथार्थ फरक परेको छ । मुख्यालयको निर्देशनमा डिआइजी र एसएसपीहरु सँलग्न भएर साउन २ गते काठमाडौं,ललितपुर र भक्तपुरका ५ वटा गण र गुल्महरुमा गरिएको अनुगमनमा एक चौथाई जनशक्ति मात्र उपस्थित पाइएको थियो ।

ती गण तथा निर्वाचन आयोगभित्र तैनाथ बाघ भैरव गुल्मको अनुगमनपछिको रिपोर्टलाई सशस्त्रभित्रै एकपक्षीय भनिएको छ । चार जना डिआइजीको नेतृत्वमा एसएसपीसहितको टोलीले अनुगमन गर्ने क्रममा सबै गण र गुल्ममा एक चौथाई सुरक्षाकर्मी मात्रै सामेल भएको पाइएको थियो ।

अनुगमन टोलीका एक जना सदस्यले साढे ४ सयसम्म सुरक्षाकर्मी भएको युनिटमा जम्मा सय जना मात्रै बिहानको सामेलीमा उपस्थित भएको र यसबाट बाँकी तीन सय बढी जनशक्तिको राशन हर्ताकर्ताले तलमाथि पारेको आशंका गरेका थिए ।

तर गण र बाहिनीको पछिल्लो अनुगमन ठीक भए पनि रिपोर्टमा लेखिएका भाषा र निश्कर्ष एकाङ्गी रहेको बताइन्छ । स्रोतका अनुसार गणमा रहेका चार सय जनामध्ये डेढ सयको संख्यामा महिला छन् । ती सबै साँझ आफ्ना घर वा कोठामा बस्न जान्छन्,गणमा बस्दैनन् ।

हेडक्वार्टरको निरीक्षणपछि अहिले भ्याली बाहिनीले पुनः निरीक्षण गराइरहेको बताइन्छ । यसअघिको विशेष निरीक्षण एकाबिहान ६:३० बजे नै गरिएको थियो । उपत्यकाका सबै गण र बाहिनीमा ४० देखि ४२ प्रतिशत महिला भएकाले ती सबै आफ्ना घर वा डेरामा बस्ने गरेको यथार्थलाई अनुगमन टोलीले जानाजान बिर्सेको एक जना एआइजीको भनाइ छ ।

उनका अनुसार,‘तीमध्ये अधिकांश महिला जवानका साना बालबालिका छन् । त्यसैले उनीहरु बिहान ७ बजेको पिटीमा सामेल हुँदैनन् । तिनलाई ७ बजेको पिटीमा आउन व्यवहारिक रुपमा पनि मिल्दैन । लोकलाज र समाजले पनि दिँदैन ।’ त्यसैले उनीहरु बालबच्चालाई स्कूल पुर्याएर १० बजे कार्यालय आउने गरेको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । “

कार्यालय आएपछि उनै महिला दिनभर पोष्टको ड्युटीमा बस्नुको विकल्प हुँदैन भनिएको छ । ‘साँझ ४-५ बजेतिर उनीहरु बच्चा घर आउने बेला भो भन्दै हवल्दारलाई हारगुहार गरेर कोठामा जाने गर्छन्, यो समस्या कसले बुझ्ने ?’मधेस बसेर आएका उनै एआइजीको भनाइ छ ।

अनुगमनको नाममा बिहान साढे ६ बजे हाजिर लगाउँदा पाइएको उपस्थिति संख्या नै पनि बढी भएको उनैले बताए । पुरुष सिपाही सबै बिहान पिटी र दिउँसो ढाल-लाठी बोकेर दोबाटो चौबाटोमा खट्छन्, जहाँ पर्यो त्यहीँ कुद्ने बाध्यता भएकाले दिउँसो पोष्ट धान्ने जिम्मा उनै महिला सिपाहीको हुने गर्दछ ।

‘एमसीसीलगायत विरोध कार्यक्रममा सुरक्षार्थ खट्ने तिनै पुरुष सिपाही हुने गर्दछन् । उपत्यकामा दिनको एक दर्जन कार्यक्रम हुन्छन् । ती सबैलाई सुरक्षा कसले दिएको छ ?,’उनै एआइजीले प्रतिप्रश्न गरेका छन् ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट वीर अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री नजिकै जाँदा पनि दुई सयदेखि साढे दुई सय जना सशस्त्रलाई सडकमा खटाउनु पर्ने हुन्छ । यो संख्यालाई अस्तिदेखि बढाएर साढे तीन सय पुर्याइएको छ । प्रधानमन्त्रीविरुध्द केही दिनअघि प्रज्ञा प्रतिष्ठानभित्र आयोजित भीमसेन थापासम्बन्धी यौटा कार्यक्रममा सहभागी तीन जनाले एक्कासी नारा लगाएपछि त्यसको दोष भिराउँदै अहिले सशस्त्रलाई नै स्पष्टीकरण सोधिएको छ ।

त्यसपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको लागि सबैतिर गरेर सशस्त्रले मात्रै साढे तीन सयदेखि चार सय जना सुरक्षाकर्मी खटाउन थालेको छ । प्रधानमन्त्रीको तीन चार वटा कार्यक्रम हुने बेला त आफूूहरु हायलकायल हुने गरेको एक जना डिएसपीले बताए । राजधानीमा विरोध र प्रदर्शन धेरै हुने गरेका छन् । विद्यार्थी,राजनीतिक दल, सामाजिक संघसंस्थाको कार्यक्रममा सरोबर सुरक्षा दिन सशस्त्रमा रहेको जनशक्तिलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अहिले जताततै कुद्नुपर्ने भएपछि उपत्यका बाहिर जान पाऊँ भन्दै दुई सय जनाले निवेदन हालेको बुझिएको छ । आफूहरुले १० दिन बिदा जान नपाएकोमा चित्त दुःखेको माइतीघरमा खटिएका एक जवानले बताए । त्यसैले आठदेखि १० हजारको जुलुस निस्क्यो भने कसरी ब्यवस्थापन गर्ने भनेर अधिकारीहरु हलचोकमा जुटेको पनि स्रोतको दाबी छ जन-आस्थाबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!