२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

महिला सशस्त्र प्रहरी सिपाहीको समस्या कसले बुझ्ने र सुन्ने सरकार ?

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल हेड्क्वार्टरले भ्यालीभित्र राशन काण्डको आशंकामा थालेको अनुगमनको उद्देश्य र यथार्थ फरक परेको छ । मुख्यालयको निर्देशनमा डिआइजी र एसएसपीहरु सँलग्न भएर साउन २ गते काठमाडौं,ललितपुर र भक्तपुरका ५ वटा गण र गुल्महरुमा गरिएको अनुगमनमा एक चौथाई जनशक्ति मात्र उपस्थित पाइएको थियो ।

ती गण तथा निर्वाचन आयोगभित्र तैनाथ बाघ भैरव गुल्मको अनुगमनपछिको रिपोर्टलाई सशस्त्रभित्रै एकपक्षीय भनिएको छ । चार जना डिआइजीको नेतृत्वमा एसएसपीसहितको टोलीले अनुगमन गर्ने क्रममा सबै गण र गुल्ममा एक चौथाई सुरक्षाकर्मी मात्रै सामेल भएको पाइएको थियो ।

अनुगमन टोलीका एक जना सदस्यले साढे ४ सयसम्म सुरक्षाकर्मी भएको युनिटमा जम्मा सय जना मात्रै बिहानको सामेलीमा उपस्थित भएको र यसबाट बाँकी तीन सय बढी जनशक्तिको राशन हर्ताकर्ताले तलमाथि पारेको आशंका गरेका थिए ।

तर गण र बाहिनीको पछिल्लो अनुगमन ठीक भए पनि रिपोर्टमा लेखिएका भाषा र निश्कर्ष एकाङ्गी रहेको बताइन्छ । स्रोतका अनुसार गणमा रहेका चार सय जनामध्ये डेढ सयको संख्यामा महिला छन् । ती सबै साँझ आफ्ना घर वा कोठामा बस्न जान्छन्,गणमा बस्दैनन् ।

हेडक्वार्टरको निरीक्षणपछि अहिले भ्याली बाहिनीले पुनः निरीक्षण गराइरहेको बताइन्छ । यसअघिको विशेष निरीक्षण एकाबिहान ६:३० बजे नै गरिएको थियो । उपत्यकाका सबै गण र बाहिनीमा ४० देखि ४२ प्रतिशत महिला भएकाले ती सबै आफ्ना घर वा डेरामा बस्ने गरेको यथार्थलाई अनुगमन टोलीले जानाजान बिर्सेको एक जना एआइजीको भनाइ छ ।

उनका अनुसार,‘तीमध्ये अधिकांश महिला जवानका साना बालबालिका छन् । त्यसैले उनीहरु बिहान ७ बजेको पिटीमा सामेल हुँदैनन् । तिनलाई ७ बजेको पिटीमा आउन व्यवहारिक रुपमा पनि मिल्दैन । लोकलाज र समाजले पनि दिँदैन ।’ त्यसैले उनीहरु बालबच्चालाई स्कूल पुर्याएर १० बजे कार्यालय आउने गरेको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । “

कार्यालय आएपछि उनै महिला दिनभर पोष्टको ड्युटीमा बस्नुको विकल्प हुँदैन भनिएको छ । ‘साँझ ४-५ बजेतिर उनीहरु बच्चा घर आउने बेला भो भन्दै हवल्दारलाई हारगुहार गरेर कोठामा जाने गर्छन्, यो समस्या कसले बुझ्ने ?’मधेस बसेर आएका उनै एआइजीको भनाइ छ ।

अनुगमनको नाममा बिहान साढे ६ बजे हाजिर लगाउँदा पाइएको उपस्थिति संख्या नै पनि बढी भएको उनैले बताए । पुरुष सिपाही सबै बिहान पिटी र दिउँसो ढाल-लाठी बोकेर दोबाटो चौबाटोमा खट्छन्, जहाँ पर्यो त्यहीँ कुद्ने बाध्यता भएकाले दिउँसो पोष्ट धान्ने जिम्मा उनै महिला सिपाहीको हुने गर्दछ ।

‘एमसीसीलगायत विरोध कार्यक्रममा सुरक्षार्थ खट्ने तिनै पुरुष सिपाही हुने गर्दछन् । उपत्यकामा दिनको एक दर्जन कार्यक्रम हुन्छन् । ती सबैलाई सुरक्षा कसले दिएको छ ?,’उनै एआइजीले प्रतिप्रश्न गरेका छन् ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट वीर अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री नजिकै जाँदा पनि दुई सयदेखि साढे दुई सय जना सशस्त्रलाई सडकमा खटाउनु पर्ने हुन्छ । यो संख्यालाई अस्तिदेखि बढाएर साढे तीन सय पुर्याइएको छ । प्रधानमन्त्रीविरुध्द केही दिनअघि प्रज्ञा प्रतिष्ठानभित्र आयोजित भीमसेन थापासम्बन्धी यौटा कार्यक्रममा सहभागी तीन जनाले एक्कासी नारा लगाएपछि त्यसको दोष भिराउँदै अहिले सशस्त्रलाई नै स्पष्टीकरण सोधिएको छ ।

त्यसपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको लागि सबैतिर गरेर सशस्त्रले मात्रै साढे तीन सयदेखि चार सय जना सुरक्षाकर्मी खटाउन थालेको छ । प्रधानमन्त्रीको तीन चार वटा कार्यक्रम हुने बेला त आफूूहरु हायलकायल हुने गरेको एक जना डिएसपीले बताए । राजधानीमा विरोध र प्रदर्शन धेरै हुने गरेका छन् । विद्यार्थी,राजनीतिक दल, सामाजिक संघसंस्थाको कार्यक्रममा सरोबर सुरक्षा दिन सशस्त्रमा रहेको जनशक्तिलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अहिले जताततै कुद्नुपर्ने भएपछि उपत्यका बाहिर जान पाऊँ भन्दै दुई सय जनाले निवेदन हालेको बुझिएको छ । आफूहरुले १० दिन बिदा जान नपाएकोमा चित्त दुःखेको माइतीघरमा खटिएका एक जवानले बताए । त्यसैले आठदेखि १० हजारको जुलुस निस्क्यो भने कसरी ब्यवस्थापन गर्ने भनेर अधिकारीहरु हलचोकमा जुटेको पनि स्रोतको दाबी छ जन-आस्थाबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

error: Content is protected !!