२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

धरानका मेयर हर्क साम्पाङ विरुद्ध आन्दोलनकारीले कार्यकक्षमा तोडफोड

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

(ABC-Sanchar)
काठमाडौँ । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ ।

आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सो क्रममा झ्यालका केही सिसा फुटेको छ ।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै पछिल्लो एक वर्षदेखि धरानका २० वटै वडाका निक्षेपकर्ता आन्दोलनमा छन् ।

२०७८ पुस २३ गतेको बराहको १२औँ साधारण सभामा सहकारी नाफामा रहेको भन्दै सेयर बाँडिएपछि पीडित बचतकर्ताहरूले आफ्नो हिसाबकिताब खोज्दै प्रदर्शन गरिरहेका हुन् ।

पीडितहरूले आफ्नो माग राख्दा कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेर मेयर साम्पाङले भनेपछि आफूहरू आक्रोशित भएको एक सेयर सदस्यले बताएका छन् ।
पीडितहरूको आज पनि उपमहानगरपालिका कार्यालयमा दबाब कार्यक्रम राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

error: Content is protected !!