२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सरुवा भएका एसपीहरुको बिदाई गर्दै एआईजी रबिन्द्र सिंह धानुक

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको पत्रले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीमा कार्यरत रही विभिन्न कार्यालयहरूमा सरुवा हुनु भएका प्रहरी उपरीक्षकहरूलाई सोमबार एक समारोहका बीच प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले नयाँ कार्यक्षेत्रको सफलताको शुभकामना सहित विदाई गर्नु भयो । विदाई भई जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूमा प्र.उ. जनार्दन जि.सी. गण्डकी प्रदेश प्रहरी गण पोखरा, प्र.उ. दिलिप घिमिरे जिल्ला प्रहरी कार्यालय ईलाम र प्र.उ. बिष्णुहरी कोइराल नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर धनुषामा सरुवा हुनु भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी उपरीक्षक लगायत सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!