२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सरुवा भएका एसपीहरुको बिदाई गर्दै एआईजी रबिन्द्र सिंह धानुक

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको पत्रले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीमा कार्यरत रही विभिन्न कार्यालयहरूमा सरुवा हुनु भएका प्रहरी उपरीक्षकहरूलाई सोमबार एक समारोहका बीच प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले नयाँ कार्यक्षेत्रको सफलताको शुभकामना सहित विदाई गर्नु भयो । विदाई भई जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूमा प्र.उ. जनार्दन जि.सी. गण्डकी प्रदेश प्रहरी गण पोखरा, प्र.उ. दिलिप घिमिरे जिल्ला प्रहरी कार्यालय ईलाम र प्र.उ. बिष्णुहरी कोइराल नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर धनुषामा सरुवा हुनु भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी उपरीक्षक लगायत सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!