२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

एआइजी बिश्वराज पोखरेलको राजीनामा अलपत्र १९ साउनदेखि अनिवार्य अवकाश

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । आइजिपीमा नियुक्त नभएपछि एआइजी विश्वराज पोखरेलले दिएको राजीनामा अलपत्र परेको छ । प्रक्रिया नपु¥याई राजीनामा दिएपछि स्वीकृतीको प्रक्रिया रोकिएको हो ।

गत ३१ असारमा उनले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको थियो । २ साउनमा उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका थिए । तर, राजीनामा सनाखत हुन नसकेको भन्दै स्वीकृत नभएको हो । राजीनामा दिएयता पोखरेल नियमित मोबाइल स्वीच अफ गरेर एकान्तवासमा छन् ।

स्रोतका अनुसार अब उनको नियमित अवकाश हुनेछ । ५६ वर्षे उमेरहदका उनले १९ साउनदेखि अनिवार्य अवकाश पाउँदैछन् । राजीनामा स्वीकृतीको प्रक्रिया अघि नबढेपछि उनको अब अनिवार्य अवकाश हुने भएको छ । दुई ब्याचसम्मलाई टपेर बढुवा भई आइजिपीको कुर्सी पक्का गर्ने दौडधुपमा लागेका उनको बर्हिगमन सुखद हुन सकेन ।

उता उनको अवकाश नहुँदै प्रहरीभित्र एआइजी बढुवाको चलखेल सुरु भइसकेको छ । त्यही पदमा बढुवाका लागि डिआइजीहरु प्रदेश समेत नगई प्रहरी प्रधान कार्यालयमै बसेका छन् ।

गत महिना डिआइजीमा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, सन्दीप भण्डारी लगायत एआइजी बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये बढुवामा फड्को मारेकाहरु जसरी पनि एआइजी हुने दाउमा लागेका छन् ।

तर, तीन जना सिनियर डिआइजी पनि बढुवाको प्रतिस्पर्धामा छन् । नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसउद आलम खाँ आइजिपी धिरजप्रताप सिंहका ब्याची हुन् । प्रदेशमा कमाएको पैसा खर्च गरेर भएपनि एआइजी हुन उनीहरुको पनि बालुवाटारमा दौडधुप छ ।तर, विगतमा जस्तो एआइजीको एकल बढुवा हुने सम्भावना भने नभएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । भदौमा अर्का एआइजी मुकुन्दराज आचार्यले पनि अवकाश पाउँदैछन् । त्यस्तै दुई महिनापछि अरुण कुमार बिसी र रबिन्द्र धानुकले पनि अवकाश पाउनेछन् । त्यो अवस्थामा चार एआइजीको दरबन्दी रिक्त हुन्छ । त्यसपछि मात्र एआइजी बढुवा गर्ने प्रहरी महानिरीक्षक सिंहको तयारी छ । यद्यपि, त्यसअघि नै प्रहरीमा ३० वर्षे सेवाहद तथा ५६ वर्षे उमेरहद हटाउन पनि लबिइङ भइरहेको छ ।

उता एसपी र डिएसपीको सरुवामा अत्याधिक चलखेल हुँदा ढिलाई भएको छ । जसकारण किस्ता–किस्तामा सरुवा भइरहेको छ । आइतबार मात्र प्रहरी प्रधान कार्यालयले सुनसरी, उदयपुर र इलाममा नयाँ एसपी पठाएको छ । बाँके, दाङ लगायतका जिल्लामा अझै सहमति हुन सकेको छैन ।

डिएसपी सरुवामा व्यापक आर्थिक चलखेल भएको छ । उपत्यकाका वृत्तमा सरुवाका लागि २५ लाखसम्मको डिल भएको सूचना प्रहरी प्रधान कार्यालयमा पुगेको छ । हाल तीन वृत्त खाली छन् भने सोह्रखुट्टे, महारागञ्ज, बौद्ध, गौशाला लगायतको पनि अवधि पुगीसकेको छ ।
दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!