२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा बढुवामा नेताको बिचौलियाहरु हावी

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरू निरीह बनेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवामा बिचौलिया हावी भएपछि प्रहरी महानिरीक्षकहरू कमजोर भएका हुन्। दुवै संगठनको हालैको सरुवा बढुवामा त्यसको संकेत पनि देखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिआइजीको पदस्थापन गर्दा १ नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई महानिरीक्षकको कार्यालय, २ नम्बरका टेक प्रसाद राईलाई बिशेष ब्यूरो तथा ३ नम्बरमा अशोक सिंहलाई कार्य विभागमा पदस्थापनको प्रस्ताव मन्त्रालय पठाएका थिए । उनीहरूको अनुभवका आधारमा यस्तो पोष्टिङको प्रस्ताव थियो । तर, पोष्टिङ उल्टिएर आयो ।

सचिवालयको अनुभव भएका बसन्तबहादुर कुँवरलाई कार्यमा,बिशेष ब्यूरोको अनुभव भएका टेकप्रसादलाई सचिवालयमा, कार्यमा अनुभव भएका सिंहलाई भने अनुभव नै नभएको बिशेष ब्यूरोमा पदस्थापन गरिएको थियो । सिंहले बालुवाटारका बिचौलियामार्फत यसरी सरुवासूची पल्टाएका थिए । एसपी बढुवामा पनि जसले शक्तिकेन्द्रलाई प्रभावमा पारे, उनीहरू मात्र पर्न सफल भएका थिए । अहिले बिचौलियाकै चलखेलका कारण एसपीको सरुवा निस्कन सकेको छैन । सरुवामा समस्या भएपछि आइतबार रिक्त भएका जिल्लामा प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । त्यसमा पनि महानिरीक्षकको सिफारिस भन्दा बालुवाटारको सूची नै हाबी भएको छ । सशस्त्र प्रहरी बलमा पनि विद्रोहकै अवस्था छ । क्षमता नभएका दिपेन्द्र कुँवरलाई ब्याचबाट पहिलो नम्बरमा गरिएको बढुवाले संगठन नै तरंगित छ । डिएसपीमा ८२ नम्बरमा रहेका उनी एसपीमा ११ औं नम्बरमा परे । कामु बढुवामा उनी पछि पर्ने भएपछि करिब १० महिना एसएसपीका पद रिक्त राखियो । त्यस्तै बिशेष निर्णय गरेर सेनामा स्टाफ कलेज गराइयो । अहिले प्रहरी नियमावली नै संशोधन गरेर उनलाई बढुवा गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई भएकै आधारमा उनलाई यसरी अघि बढाइएको छ । जसले सिंगो संगठनभित्रको सिष्टम ध्वस्त भएको छ । सशस्त्रमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । त्यसमा पनि बिचौलियाहरु नै हावी भएको स्रोत बताउँछ ।
सर्बोच्च मिडियाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!