२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा बढुवामा नेताको बिचौलियाहरु हावी

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरू निरीह बनेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवामा बिचौलिया हावी भएपछि प्रहरी महानिरीक्षकहरू कमजोर भएका हुन्। दुवै संगठनको हालैको सरुवा बढुवामा त्यसको संकेत पनि देखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिआइजीको पदस्थापन गर्दा १ नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई महानिरीक्षकको कार्यालय, २ नम्बरका टेक प्रसाद राईलाई बिशेष ब्यूरो तथा ३ नम्बरमा अशोक सिंहलाई कार्य विभागमा पदस्थापनको प्रस्ताव मन्त्रालय पठाएका थिए । उनीहरूको अनुभवका आधारमा यस्तो पोष्टिङको प्रस्ताव थियो । तर, पोष्टिङ उल्टिएर आयो ।

सचिवालयको अनुभव भएका बसन्तबहादुर कुँवरलाई कार्यमा,बिशेष ब्यूरोको अनुभव भएका टेकप्रसादलाई सचिवालयमा, कार्यमा अनुभव भएका सिंहलाई भने अनुभव नै नभएको बिशेष ब्यूरोमा पदस्थापन गरिएको थियो । सिंहले बालुवाटारका बिचौलियामार्फत यसरी सरुवासूची पल्टाएका थिए । एसपी बढुवामा पनि जसले शक्तिकेन्द्रलाई प्रभावमा पारे, उनीहरू मात्र पर्न सफल भएका थिए । अहिले बिचौलियाकै चलखेलका कारण एसपीको सरुवा निस्कन सकेको छैन । सरुवामा समस्या भएपछि आइतबार रिक्त भएका जिल्लामा प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । त्यसमा पनि महानिरीक्षकको सिफारिस भन्दा बालुवाटारको सूची नै हाबी भएको छ । सशस्त्र प्रहरी बलमा पनि विद्रोहकै अवस्था छ । क्षमता नभएका दिपेन्द्र कुँवरलाई ब्याचबाट पहिलो नम्बरमा गरिएको बढुवाले संगठन नै तरंगित छ । डिएसपीमा ८२ नम्बरमा रहेका उनी एसपीमा ११ औं नम्बरमा परे । कामु बढुवामा उनी पछि पर्ने भएपछि करिब १० महिना एसएसपीका पद रिक्त राखियो । त्यस्तै बिशेष निर्णय गरेर सेनामा स्टाफ कलेज गराइयो । अहिले प्रहरी नियमावली नै संशोधन गरेर उनलाई बढुवा गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई भएकै आधारमा उनलाई यसरी अघि बढाइएको छ । जसले सिंगो संगठनभित्रको सिष्टम ध्वस्त भएको छ । सशस्त्रमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । त्यसमा पनि बिचौलियाहरु नै हावी भएको स्रोत बताउँछ ।
सर्बोच्च मिडियाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!