१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

हेटौँडामा ५ वटा गाडी एक आपसमा ठोक्किए ३३जना घाइते

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

(ABC-Sanchar)
काठमाडौँ । मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्।

सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

राजमार्गमा स्कुल बस, ट्रक, ट्याङ्कर, कार र लरी दुर्घटनामा परेको हो।

दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए।

कार्कीका अनुसार सुरुमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्याङ्करले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो।

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो।

‘बस र ट्रक हेटौँडातर्फ आउँदै थियो। ट्याङ्कर विपरीत दिशामा जाँदै थियो,’ कार्कीले भने, ‘त्यही बेला दुर्घटना भएको हो। धेरै ठूलो क्षति भएको छैन। सामान्य नै छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग पनि खुलाइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]