२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सुनसरीबाट अवैध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

ABC (क्राईमबिट)
सुनसरी । ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् ।

साउन २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनिहरुबाट ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुले सगै प्रहरी टोलीले बिर्त सिंह राईलाई ईटहरी उपमहानगरपिका ५ स्थितमा फेला पारी शरिर तलासी लिंदा ब्राउन सुगर ६ ग्राम ७६० मिलग्राम फेला परेको थियो ।

थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अवस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ ।

लागूऔषध कारोबारमा समंलग्न रहेका चारै जना उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!