२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दियाको प्रहरी हिरासत कक्षबाटै फरार बलात्कार आरोपी खाँ सिमानाबाट पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

ABC (क्राईमबिट)
बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै फरार थुनुवालाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका २६ वर्षीय अब्दुल खाँ ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाबाट गत श्रावण ९ गते करिब १०:५५ बजे हिरासत कक्षबाटै फरार भएका थिए ।

बर्दिया प्रहरीले खाँको व्यापक खोजी कार्य जारी राखेको थियो ।

हिरासतबाटै फरार भएका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ८ बस्ने बलात्कार आरोपी अब्दुल खाँलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हृदेश कुमार सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले श्रावण २३ गते आज सोमबार करिब १२:१५ मा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ को नेपाल भारत सिमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका (प्रवक्ता) प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

गत श्रावण ९ गते करिब १०:५५ बजे खाना खुवाउने समयमा ड्युटीमा रहेको सेन्ट्रीलाई झुक्काएर बलात्कार आरोपी खाँ भागेका थिए ।

बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खाँलाई गत असार २३ गते बाँके जिल्लाबाट बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।

अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबेदीका अनुसार बलात्कार आरोपी खाँ हिरासतबाट भागेकाले जबर्जस्ती करणी मुद्दामा थप सजाय हुनसक्ने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!