२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

बर्दियाको प्रहरी हिरासत कक्षबाटै फरार बलात्कार आरोपी खाँ सिमानाबाट पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

ABC (क्राईमबिट)
बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै फरार थुनुवालाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका २६ वर्षीय अब्दुल खाँ ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाबाट गत श्रावण ९ गते करिब १०:५५ बजे हिरासत कक्षबाटै फरार भएका थिए ।

बर्दिया प्रहरीले खाँको व्यापक खोजी कार्य जारी राखेको थियो ।

हिरासतबाटै फरार भएका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ८ बस्ने बलात्कार आरोपी अब्दुल खाँलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हृदेश कुमार सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले श्रावण २३ गते आज सोमबार करिब १२:१५ मा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ को नेपाल भारत सिमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका (प्रवक्ता) प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

गत श्रावण ९ गते करिब १०:५५ बजे खाना खुवाउने समयमा ड्युटीमा रहेको सेन्ट्रीलाई झुक्काएर बलात्कार आरोपी खाँ भागेका थिए ।

बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खाँलाई गत असार २३ गते बाँके जिल्लाबाट बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।

अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबेदीका अनुसार बलात्कार आरोपी खाँ हिरासतबाट भागेकाले जबर्जस्ती करणी मुद्दामा थप सजाय हुनसक्ने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!