२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप बढुवाको ५ दिनसम्म डिएसपी पदस्थापन भएन ?

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप र सरुवा–बढुवामा आर्थिक चलखेलले सीमा नाघेको छ । कतिसम्म भने बढुवा भएको पाँच दिनसम्म डिएसपीको पदस्थापन समेत हुन सकेको छैन ।

गत बिहीबार ३४ इन्सपेक्टरको बढुवाको निर्णय भएको थियो । शुक्रबार उनीहरुले दज्र्यान्ही चिन्ह समेत लगाइसकेका छन् । तर, जिम्मेवारी नपाउँदा दज्र्यान्ही चिन्ह लगाएर कार्यालय जान समेत पाएका छैनन् ।
विगतमा बढुवा भएकै दिन पदस्थापन हुन्थ्यो । नत्र दज्र्यान्ही चिन्ह लगाएको दिन पदस्थापन गरिन्थ्यो । तर, अहिले पाँच दिनसम्म पनि पदस्थापन नहुने अवस्था छ । स्रोतका अनुसार कांग्रेसका नेताहरुले आफु निकट डिएसपीलाई चुनावका लागि आफ्नो क्षेत्रमा लैजान खोजेका छन् । सोही दबाबका कारण पदस्थापन हुन नसकेको हो ।
डिएसपीको नियमित सरुवा पनि हुन सकेको छैन । सरुवा निकाल्न नसकेपछि पटक पटका काज निकालिएको छ । प्रधानमन्त्री तथा गृहमन्त्री निकट बिचौलियाको चलखेलले प्रहरी संगठन यस्तो अवस्थामा पुगेको हो ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!