२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

काठमाडौँदेखि हेटौँडा छोटो दूरीको सडक ७५ करोडको लगानीमा निर्माण सुरु

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९


(ABC-Sanchar)
मकवानपुर । हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ।

सो सडकखण्डको रु ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ। आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्ड गरेर ठेक्कामार्फत काम भइरहेको छ।

हेटौँडादेखि काठमाडौँबीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्ड गरेर २० किमी सडकको रु ७५ करोड लागतमा निमार्ण कार्य भइरहेको सो आयोजनाले जनाएको छ।

आयोजनाले छुट्याएको मकवानपुर सडक खण्डमा १२.१५ किलोमिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निमार्ण तीव्ररूपमा भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिनुभयो।

मकवानपुर सडकखण्डमा रु ४३ करोड ४१ लाख १६ हजारको लागतका रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौँसँग सम्झौता गरेर काम सुरु भएको बताइएको छ।

सो सडकखण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इन्जिनियर रन्जितले जानकारी दिनुभयो।

यसैगरी काठमाडौँ सडकखण्डमा रु ३१ करोड ९३ लाख ११ हजारको लागतमा आठ किलोमिटर रौता रामसागर जेभी काठमाडौँले ठेक्का प्राप्त गरेर काम गरिरहेको छ।

निर्माण कम्पनीसँग २०७८ असार ११ गते सम्झौता गरेर २०८० असार १० गतेसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ।

हाल दुवै सडकखण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, पिच गर्ने, वाल निर्माण गर्ने तथा १० मिटर बाटो फराकिलो गर्नेलगायतका काम भइरहेको छ।

पचासी किमी सो सडकअन्तर्गत हेटौँडादेखि काठमाडौंसम्म साना सवारी साधनहरु मात्र गुडिरहेको सो सडक निर्माण भएमा ठूला सवारी साधनहरु पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!