२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

लुम्बिनी प्रदेशमा वन क्षेत्रहरु साँघुरिँदै के गर्दै छ्न त प्रदेश बन मन्त्री : हमाल

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशमा वन क्षेत्र साँघुरिँदै गएको छ । द्वन्द्व, प्राकृतिक विपत्ति, आन्तरिक बसाईंसराई, गरिवीजस्ता कारणले वन क्षेत्र साँघुरिँदै गएको हो । लुम्बिनी प्रदेशको वन निर्देशनालयका अनुसार अनधिकृत अतिक्रमणको कारण प्रदेशको वन क्षेत्र १.५ प्रतिशतले खुम्चिएको छ ।

प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा ८३४६, कपिलवस्तुमा २३८८, दाङ २१३४ दशमलव १, पश्चिम नवलपरासी ७४६ दशमलव १, बाँके ६०४ दशमलव ४, बर्दिया २८८ दशमलव ८ गुल्मी ८४, रोल्पा ५१ दशमलव २, अर्घाखाँची १८ दशमलव ३, प्यूठान १४ दशमलव ८, पाल्पा १०, गरी कुल १४ हजार ६८६ हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको छ ।

यस प्रदेशका धेरैजसो तराईका जिल्लामा वन क्षेत्र साँघुरिँदै (खुम्चिँदै) गएको छ । तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा ९ लाख ७४ हजार ३८१ हेक्टर वन क्षेत्र छ । सोही तथ्याङ्कले १४ हजार ६ सय ८६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको देखाउँछ ।

रुपन्देहीमा मात्र आठ हजार तीन सय ४७ हेक्टर वन अतिक्रमणमा परेको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै अतिक्रमित वन क्षेत्र रहेको जिल्ला रुपन्देही हो । पहाडका जिल्लाभन्दा तराईका जिल्लामा बढी अतिक्रमण भएको देखिन्छ ।

लुम्बिनी प्रदेशका निमित्त वन निर्देशक जीवन पंगेनीले ठूला राजनीतिक परिवर्तन तथा प्राकृतिक विपत्तिसँगै विस्थापित भएर आउने मानिसहरुका कारण विभिन्न कालखण्डमा तराईका वन अतिक्रमणमा परेको बताउँछन् ।

निर्देशनालयका अनुसार सबैभन्दा धेरै रुपन्देहीमा वन अतिक्रमण गरी सहर विस्तार भएका छन् । ठूला सहरहरु देवदह, बुटवल, सालझण्डी, गैडहवा क्षेत्रमा विस्तार भइरहेको वजार क्षेत्रको मूख्य असर चुरे, भावर र तराईमा रहेका वन क्षेत्रमा परेको छ ।

लुम्बिनी प्रदेशको राजधानी भालुबाङ बजार वन क्षेत्र नै मिचिएर बसाइएको बजार हो । भूमिको अभाव र समस्याले वन क्षेत्र मिचिइरहेको निर्देशक पंगेनीको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले वन व्यवस्थापनको लागि सरकारी नीति फितलो भएको बताए । विगतमा वैज्ञानिक वन व्यवस्थापनको नाममा धेरै विकृति देखिएको र अहिले पनि त्यसको असर परिरहेको उनको भनाइ छ ।

निर्देशनालयका शाखा अधिकृत तोलकराज चापागाईँका अनुसार जथाभावी सडक सञ्जाल विस्तारका कारण पनि पहाडी वन क्षेत्र उच्च जोखिममा परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!