२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

नेपाल कम्युनिष्ट पार्टी विप्लवले भदौ ७ गते नेपाल बन्द घोषणाको

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९


(ABC-SANCHAR)
काठमाडौँ । चार कम्युनिष्ट पार्टीले आन्दोलन घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरू विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महँगी र भष्टाचारकोविरुद्ध चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले चरणबद्ध संघषर्का कार्यक्रमहरू घोषणा गरेको थियो । तर यो सरकार भने गैर-जिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको विज्ञप्तिमा उल्लेख छ ।

चार कम्युनिष्ट पार्टीले राज्यको रवैयाको कडा रूपले निन्दा गर्दै यथाशीघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, सम्पूर्ण बन्दी कमरेडहरूको रिहाइ र आकासिदो महँगी नियन्त्रण गर्न माग गरेको छ ।

राज्य गलत बाटोबाट रोक्न चार कम्युनिष्टले जनसङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको छ ।

उनीहरूले घोषणा गरेको कार्यक्रममा श्रावण २७ गते सङ्घर्षका कार्यक्रमहरूको घोषणा, भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौं उपत्यकाको माइतीघर मण्डलामा केन्द्रित विरोधसभा, भाद्र ६ गते देशव्यापी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द घोषणाको कार्यक्रम गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!