२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

खजुरा युवा क्लबद्वारा क्यान्सर अस्पतालमा वृक्षारोपण तथा बिरामीलाई फलफुल

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९

( सुरज मेघनाथ)  नेपालगन्ज                                              : खजुरा युवा क्लबको स्थापना दिवसको उपलक्षयमा खजुरा स्थित शुसिल कोइराला क्यान्स्र हस्पितल प्राङ्गणमा वृक्षारोपण तथा बिरामी हरुलाई फलफुल बितरण गरिएको गरिएको छ ।

खजुरा युवा क्लबले आफ्नो स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा बिरामी हरुलाई फलफुल बितरण सामाजिक कार्य गरेको हो ।

क्लबका अध्यक्ष राजु कोइरालाको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी राजेन्द्र आचार्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिमा क्यान्सर अस्पतालका लेखा अधिकृत, क्लबका सल्लाहकार कल्याण राज श्रेष्ठ, युवा समाजसेवी पिताम्बर लामिछाने, निकेश लामिछाने लगायत खजुरा युवा क्लब पदाधिकारी साथै क्लबका खेलाडीहरुको उपस्थिती रहेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र आचार्यले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै क्लबले सामाजिक कार्यहरुमा सधै यसरि नै अग्रसर रहन र सामाजिक कार्य गर्न शुभकामना दिदै क्लबलाई सधै साथ र सहयोग रहने बताएका थिए ।

क्लबले क्यान्सर अस्पतालमा हाल भर्ना रहेका २० जना बढी बिरामीहरुलाई फलफुल बितरण र २० बिरुवा क्यान्सर अस्पतालको प्राङ्गणमा रोपिएको क्लबका सचिब उत्सब सिजाली मगरले गराएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!