२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कैलालीमा नदी कटान रोक्न स्थानीय बासीहरु जैविक तटबन्धमा जुटे

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

(ABC-Sanchar)
धनगढी । कैलालीको टीकापुर-८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् ।

टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् ।

स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । वन गाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ । स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन् ।

स्थानीय बडघर रामप्रसाद चौधरी कर्णाली नदी फुटेमा वडा नम्बर ८ पुरै डुबानमा पर्ने बत्ताउँछन् । बडघर वनगाउँ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउँ, कर्मीडाँडा, रामडाँडा, सत्तीपुल र वडा नम्बर ९ को पायलगाउँसमेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेका जानकारी दिए ।

तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाले आठ सय कट्टा र तार जाली उपलब्ध गराएको छ । तटबन्धमा ६५ प्रतिशत महिला र अन्य पुरुष सहभागी छन् । नदीमा तीन मिटर बढी पानी भए पनि स्थानीय विकल्प नै भएको भन्दै आफैँ नियन्त्रणको प्रयासमा जुटेका बडघर चौधरीको भनाइ छ ।

गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउँमा नदी फुट्दा वडा नम्बर ८ पुरै डुबानमा परेको थियो । नदीको धार परिवर्तन भएर नदी बस्ती पस्दा बाढीपछि रानी-जमरा-कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्कँदै छ । यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बत्ताउँछन् ।

वडाध्यक्ष ठकुल्ला यहाँका नागरिकलाई हरेक वर्ष वर्षातकमा बाढीको त्रासमा बस्नुपर्ने बाध्यता रहेको बत्ताउँछन् । टीकापुरको तल्लो तटीय क्षेत्रका नागरिकले हरेक वर्ष वर्षातकमा नदी कटान, डुबानको समस्या झेल्दै आएका छन् । नागरिकलाई नदीकै कारण तनाव झेल्नुपर्ने समस्याबाट राहत दिने बारेमा सरकारले काम गर्नुपर्ने स्थानीय कुलबहादुर चौधरीको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!