२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरी सुपारी तस्करी विवादमा मुछिएका छन्

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरी सुपारी तस्करी विवादमा मुछिएका छन् । बालुवाटारकै सेटिङअनुसार उनले सुपारीको कारोबारमा संलग्न कसैलाई पक्राउ गर्ने त कसैलाई छाड्ने गरेका छन् ।

गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत जान लागेका आठ वटा ट्रक नियन्त्रणमा लिएपछि सेटिङ धन्दा बाहिर आएको हो । सुरुमा सेटिङ मिलेकाले जान दिइएकोमा पछि बालुवाटारको ठाडो आदेशमा भन्दै भन्टाबारीबाट भन्सार जाँचपास भएका ट्रक बरामद गरिएको थियो । सो सुपारीमा ठूला व्यापारीको लगानी रहेको स्रोत बताउँछ । बालुवाटारमा डिल नमिलेकाले राजश्व अनुसन्धान विभागले त्यसलाई छाड्न मानेको छैन ।

व्यापारीहरुले सबै तिर सेटिङ मिलाएर ८ वर्षअघिको उत्पतीको प्रमाणपत्र देखाएर सुपारी भारत लैजान लागेका थिए । खासमा इन्डोनेसियाबाट आयात गरी यसरी भारत लैजान लागिएको हो । भारतमा सुपारीको उच्च मात्र रहेको र आयातमा कडाई भएकाले तेस्रो देशबाट नेपा ल्याएर भारत लैजाने गरिन्छ । यसरी लैजादा दोब्बरसम्म नाफा हुने भएकाले झापा र मोरङबाट हरेक वर्ष ठूलो मात्रामा सुपारी तस्करी हुने गरेको छ । जसमा व्यापारीहरु दीपक पोखरेल, गोविन्द सरिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदीप मित्तल लगायत छन् ।

उनीहरुकै सेटिङमा हालको सरकारले सुपारी आयात खोलेको थियो । तर, सेटिङ अनुसार लेनदेन नमिलेपछि अहिले भारत निकासीमा भने प्रहरी प्रयोग गरी रोकिएको छ । व्यापारीहरुले मनकामना ट्रेडर्स नामक कम्पनीमार्फत यसरी सुपारी आयात गर्दै आएका छन् ।

स्रोतका अनुसार डिआइजी गिरीलाई यही कामका लागि बढुवा लगत्तै प्रदेश नम्बर १ को प्रमुखमा पठाइएको हो ।

बढुवा र प्रदेशमा पदस्थापनका लागि उनले प्याकेजमै डिल गरेको र त्यही कारण काठमाडौं परिसरबाट बढुवा भएलगत्तै प्रदेश प्रमुखको जिम्मेवारी पाएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

हाल झापा र मोरङ जिल्लाबाट अहिले पनि सुपारी भारत गइरहेको छ । त्यसमध्ये प्रहरीसँगको सेटिङमा कतिपय तस्करीबाट जाने गरेको छ । गत आर्थिक वर्षमा दुई अर्बको सुपारी आयात भएकोमा एक अर्बको मात्र निकासी हुनुले पनि बाँकी तस्करीबाटै भारत गएको प्रष्ट हुन्छ । सरकार सुपारी तस्करीबाट चुनाव खर्च उठाउने खेलमा लागेका छन् । जसमा डिआइजी समेत प्रत्यक्ष रुपमा प्रयोग भएका छन् । देशमा विदेशी मुद्राको सञ्चितीमा चाप बढीरहेका बेला नै यसरी तस्करी धन्दामा लागेको छ । जसबाट मोरङ र झापाका प्रहरी समेत मालामाल भएका छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!