२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगली जनावरको शिकार गर्ने १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

ABC (क्राईमबिट)
बर्दिया । निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अनुगमनको लागि राखिएको स्वचालित क्यामेरामा विभिन्न मितिमा गैरकानुनी रूपमा हतियारसहित केही व्यक्तिहरू प्रवेश गरेको तस्वीरहरू फेला परेपछि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्ज आसपासका इलाकाहरूमा निगरानी बढाएको थियो । त्यस क्रममा तस्वीरमा कैद भएका व्यक्तिका बारेमा प्राप्त जानकारीका आधारमा आइतबार उक्त टोलीले शिकार गर्ने ती व्यक्तिलाई उनको घरबाटै पक्राउ गरेको हो ।

उनको घरबाट शिकार गरेको जनावरको मासु, मासु सुकाउने जाली, शिकारमा प्रयोग भएको बन्दुक, गोली, माेटरसाइकल, मोबाइलसहितका सामग्री बरामद भएको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!