२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

मंगलबार राष्ट्रपति भण्डारी पोखरामा सुरक्षा व्यवस्था कडा प्रहरी गस्ती तीब्र

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९


(ABC-Sanchar)
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।​ विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको हो ।
मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा ब्यस्त राष्ट्रपतिले अन्नपुर्ण केबलकारको निरीक्षणसमेत गरेकी थिइन् । नागरिकता विद्येयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले हालै संघीय संसदले पारित गरेको नागरिकता विद्येयक सदनमा नै फिर्ता गरिदिए पछि विभाजित प्रतिक्रिया आइरहेका छन भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसुची छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!