२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

सुनवल प्रहरीले ३ वटा ट्रकसहित १५ क्विन्टल अवैध चिनी नवलपरासी पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९


ABC (क्राईमबिट)
नवलपरासी । ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझको समयमा सुनवल नगरपालिका–११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरि ओसारी रहेको अवस्थामा प्रहरीले लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सुनवल नगरपालिकामा बुझाएको प्रहरीले जनाएको छ ।

नवलपरासी जिल्लाको खोलाहरुमा स्थानिय तस्करहरू नदीजन्य पदार्थको चोरी निकासी गरिरहेको खबर बाहिर आएपछि पालिका र प्रहरीहरु खोला क्षेत्रमा निगरानी बढाएका छन् ।

पालिकामा बुझाइएका ति टिपरहरुलाई निर्धारित जरिवाना गराइने पालिकाले जनाएको छ ।

त्यसैगरि प्रहरी चौकी बैरगनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम १८ दशकट्टाबाट लु १ ज ४४०९ नम्बरको पिकअप गाडी सहित १५ क्विन्टल चिनी बरामद गरि जिल्ला प्रहरी कार्यालय मार्फत महेशपुर भन्सारलाई बुझाएको छ ।

बरामद चिनी ९० हजार र गाडीको मुल्य १२ लाख कायम गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!