२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

प्रहरी हु भन्दै डकैती गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकाका विभिन्न स्थानहरूको घरहरूमा जबरजस्ती प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डाँका कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँवस्ती पाटिटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ तालामाराङ ठेगाना भएका सागर भन्ने ३८ वर्षीय राम सिंह तामाङ, काठमाडौं जोरपाटी बस्ने मकवानपुर वाग्मती गाउँपालिका-८ ठेगाना भएका ३८ वर्षीय दिल बहादुर सिङतान र जोरपाटी बस्ने मकवानपुर बकैया गाउँपालिका-५ ठेगाना भएका शुशिल भन्ने ३५ वर्षीय बाबुलाल थिङ रहेका छन् ।

काठमाडौं कीर्तिपुर नगरपालिका-६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरी धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको साथै उपत्यकाका विभिन्न ३ स्थानमा तथा उपत्यका बाहिर १ स्थानमा डाँका चोरी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले डाँका गर्ने क्रममा परिवारका सदस्यहरूको हात बाँधि मुखमा टेप लगाउने, आफूहरूलाई कहिले प्रहरी हौँ खानतलासी गर्न आएको भन्ने तथा कहिले सशस्त्र समूह हौँ तपाईहरूको घरमा अवैध धन लुकाएर राखेको रहेछ देखाउनुस् भनि डर, धम्की देखाउने, डाँका गर्ने घरमा अगाडि नै रेकी गरी घरधनीलाई भेटी तपाईको घरमा पुरानो टिभी रहेछ भित्रको सामान बहुमुल्य हुन्छ २ लाखसम्म आउँछ भनी घरको कोठाहरू अवलोकन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनीहरू यस अगाडि पनि खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूको साथबाट प्रहरीले डाँका चोरी गरेको नगद १ लाख ४२ हजार १ सय ५ रूपैयाँ, २ थान खुकुरी, १ थान रड, १ थान मोटरसाइकल र ५ थान मोबाइल बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!